अनन्त

कल्पना अनन्त चाहना अनन्त
सपना अनन्त तिर्सना अनन्त

अनन्त कल्पनाको परिणाम अनन्त
अनन्त चाहनाको प्राप्ति अनन्त
अनन्त सपनाको खुशी अनन्त
अनन्त तिर्सनाको खोला अनन्त

कहिले कल्पनाको चोट अनन्त
कहिले चाहनाको क्षति अनन्त
कहिले सपनाको दुःख अनन्त
कहिले तिर्सनाको प्यास अनन्त

प्रीतिको छाल

प्रीतिको छाल ओढेर किनारामा आउन
पर्खि बस्छु ज्वारको छाळले म नुहाउन

खै त मेरो मुटुको धडकन फिर्ता दिएको
पहिलो भेटमैं तिमिले चोरेर मेरो लिएको
मन भित्र छँदैछ पहिलो मुस्कान बैंसको
ममाथि तिमिले फालेर मन्त्रमुग्ध पारेको

याैवनको पहिलो खुडकिलो एकैसाथ उक्लेको
नरम हातका औंलाळे थाक्दा मलाई तानेको
हिजै जस्तो लाग्दै छ छुँदा बदन कामेको
थाहै नपाई बितेछ यत्रो यात्रा सागरको

प्रीतिको छाल ओढेर..

बग्न मन पराउँछु

आजभोली एकान्तमा बस्न मनपराउँछु
आफैंबाट आफू कतै लुक्न मनपराउँछु
जीवनको कथा ओठले सुसेलेर बोल्ने
सपनाको जस्तै तिम्रो रूप मनपराउँछु ।।

माला बनाई दुबै हातले लहराझैं बेर्दै
झरनाको पानी पिउँछु कम्मर मर्काउँदै
भिज्यो चोली चुहिएको पानी तर्किएर
त्यो चोलीमा नजर मार्ने आँखा मनपराउँछु ।

आँखाजुध्ने डरले होला नहेरेझैं गर्ने
नजर बचाई दुनियाको किन आँखा तर्ने
कामे ओठ थर्क्यो बदन लोभी हेराईले
त्यै हेराईमा पग्लिएर बग्न मन पराउँछु ।

भोलीमा आस हुन्छ ।

दिन हो तिम्रो उपस्थिति
तिम्रो अनुपस्थिति रात हो
तिम्रो मेरो बिछोड बेमेल हो
हाम्रो साथ मिलनको रीति ।

तिम्रो उल्लास मेरो गीत हो
तिम्रो अन्तरको पीडा शीत हो
हुँदैन प्रीत बिनाको जीवन
मिलनको रीत बिनाको जीवन ।

एकान्तमा आँसुको प्यास हुन्छ
मनको घाउमा सास हुन्छ
बगी जान्छ आँसु थोपा तर्केर
भोलि आउने दिनमा आस हुन्छ ।

मुक्तक

केको लागि जीउनु पर्यो कसको लागि हाँस्नु ?
हिसाब किताब गरि गरि किन पर्यो बाँच्नु ?
आफ्नै दिल जलाएर संसार खुशी पार्नु,
भन्न भने सजिलो छ कठिन जीवन धान्नु।

माया चाहन्छन माया गर्छन

यो देशका जनता सहनशील छन भन्दैमा
प्रजातन्त्र मन पराउने उदार छन भन्दैमा
नसोच तिनको स्वाभिमान कमजोर छ भनेर
नेपाल कसैको लहडको प्रयोगशाला भनेर ।

खुकुरि बोक्ने यी हुन किनलक भगाउने यी हुन
खाना पानी नै नपिई दुश्मन थर्काउने यी हुन
नसोच कसैको चतुर्याईले झुक्याउन सक्छ भनेर
बुझ अरूको झेलको मिति अब छोटो छ भनेर ।

आफ्नै संस्कृति प्यारो आफ्नै ईतिहास छ तिनको
स्वतन्त्रभै बसेको आफ्नै गौरव छ तिनको
काफी छैन कसैको रमझम लोभ्याउन तिनलाई
माया चाहन्छन सबको माया गर्छन ती सबलाई ।

फेसबुकमा फोटो

फेसबुकमा फोटो पोस्ट गर्न नभुल्नु
दिनैपिच्छे आइएमइमा पुग्न नभुल्नु
सपनामा भेटी मलाई चुम्न नभुल्नु
मलमा गई उपहार किन्न नभुल्नु

हरेक पल तिमीलाई सम्झी बाँचेकी छु
रोएपनि भित्र मन बाहिर हाँसेकी छु
सम्झी मलाई मनमनै झुम्न नभुल्नु
एकान्तमा फोटो हेरी चुम्न नभुल्नु
फेसबुकमा…

फर्किएर आउने दिन गनी बसेकीछु
प्रियतमले रीन मुक्त गर्छन भनेकीछु
बिवशताको खोल फाल्छन भनेकीछु
मुक्ति दिलाई मलाइ लान्छन भनेकीछु
फेसबुकमा…

गाजल लगाउँदा राम्रा

गाजल लगाउँदा राम्रा नलगाउँदा अझ राम्रा
ति आँखाले देख्ने सपना साझा हुन हाम्रा
परेली झुकाउँदा राम्रा नझुकाउँदा अझ राम्रा
परेली भित्र लुकेका तस्वीर हुनेछन हाम्रा

नसालु भाव बोकेको नजरको इसारा तिम्रो
चंचल हेराईमा शितल प्रेमको सहारा तिम्रो
सपनामा हररात बज्ने जीवनको धुन बोकेर
अनन्त प्रेमको मिठास आउनु तिमी लिएर
गाजल…

घामले तताउँदा रातो नतताउँदा अझ रातो
सुन्दर तिम्रो मुहार त्यो लाजको लालीले रातो
टीका ढल्काई निधारमा लहराई केसराशी
चम्किन्छन दन्तपंक्ति हेर्दा तिमीले हाँसी
गाजल…

मुक्तक

छटपटि बुझी यो मनको त्यसलाई मेटाउन आयाै ,
लिन होइन आज यहाँ तिमी केही दिन आयाै !
साँचेर आफ्नो रहर,मेरो सपना बोक्न आयौ
मेरो रहर पूरा गर्न आफ्ना सपना भुल्न आयौ।

मुख मैथुन…१

मुख मैथुन भन्ने शब्दले मुख र लिङ्ग, मुख र योनी वा मुख र सम्वेदनशिल अन्य कुनै अङ्गको घर्षणबाट यौन आनन्द लिने,दिने प्रक्रृयालाई जनाउँछ ।यसमा जिब्रो पनि समावेश वा प्रयोग हुन सक्दछ ।

मुख मैथुन मानिसको प्राकृतिक यौन व्यवहार होइन ।तर मानिसको प्रखर मस्तिष्कले प्राक्कृडाको रूपमा मुख मैथुनलाई ग्रहण गरि सकेको अवस्था छ । कतिपय प्रयोगकर्ताहरू मुख मैथुनलाईनै मुख सम्भोगको रूपमा बिकास गरी त्यसमैं चरमोत्कर्ष प्राप्त गर्ने कुरालाई पनि आधुनिक यौन बिज्ञानले स्वीकार्नु पर्ने जिकिर गर्दछन ।
तर याे परिच्छेदको लेखकको बिचार मुख मैथुनको
यतार्थ रूप मुख सम्भोग हुनु पर्दछ भन्ने कुरामा सहमत भएता पनि यो नै सम्भोगको अन्तिम वा कुनै पनि समयमा एकमात्र परिणति हुनुपर्छ भन्ने कुरामा पटक्कै सहमत हुन नसकिने छ । त्यस्तो विचार अतिवादी हो र त्यसले सम्भोगलाई सुन्दर होइन अराजक बनाउँछ।हस्तमैथुन जस्तै प्राक्कृडाको यो एक पाटो वा अभिन्न पाटो भने बन्न सक्तछ । तर याैन ब्यबहारकाे सर्व स्वीकृत मान्यता प्राप्त गर्न तिनवटा कुरा आव
श्यक छ ।
क.योनी मुख सम्भाेग वा लिङ्ग मुख सम्भोग अघि मुख योनी वा लिङ्गकाे पूर्ण र निरन्तर यौन व्यवहारमा नियमित सरसफाई हुनु पर्छ ।
ख.मुख वा लिङ्गमा कुनै पनि किसिमको घाउ वा
वा रगतको संसर्गबाट रोग सर्ने संंभावना हुनु हुँदैन ।
त्यस्तो अवस्थाको रोकथामको लागि कण्डोम वा
डेन्टल कभरको प्रयोग जरूरी छ ।
ग.यो व्यवहार दम्पति वा जोडीको आपसी सहमतिमा
हुनु पर्दछ ।