बराबरीको सम्बन्ध ..रोमान्स …२

बराबरीको सम्बन्ध २ ……सृष्टिले यसरि अन्तर्निहित सम्बन्धमा धर्ति र आकाश जस्तै पुरुष र नारीलाई  बलियो बन्धनले एकातिर बाधेको छ भने अर्कोतिर स्वभाव र गुण मा हुने फरकको कारणले व्दंदका लागि पनि  ठाउं रखिदिएकोछ् !व्दंद र आबस्यक्ताको यो षडरसपूर्ण सम्बन्धले तितौरा खाँदा जिब्रोलाई हुने काउकुती जस्तै एउटा भावको सिर्जना गर्दछ,जसलाई रोमान्स भन्ने गरिन्छ !रोमान्स पुरुष र नारी बिचको सम्बन्धको अन्तरबस्तु हो !आफुलाई पुरुष र नारीको रूपमा छुट्याउन जान्ने हुने बित्तिकै देखि रोमान्स मानिसमा प्रवेश गर्दछ र मृत्युपर्यन्त छाया जस्तै साथ् रहन्छ !हो यसले आफ्नो रुप भने बर्ड  फ्लुको भाइरसले परिवर्तन गरे जस्तै परिवर्तन गर्दछ !५५ बर्षीय १ जना डाक्टर मीत्र भन्नुहुन्छ -मलाइत बेला बेलामा सानो तिनो बिरामी भै रहन मन लाग्छ !अरुबेला यो गर र यो नगर भनेर झर्को र फर्को गर्ने बुढीले कोमल हातले कपाल मिचेको ,सुम्सुम्याएको र यसपाली त थला परिन्छ कि क्या हो भन्दा”तिमीलाई केहि हुनुभन्दा पहिला इश्वरले मलाइनै माथि बोलाउन” भन्दै गह भरि आँसु पारेको अरु कहिले देख्न,सुन्न पाइन्छ र ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s