वेलायती वकिलहरुको प्रतिनिधि संस्थाले हालसालै सम्पन्न गरेको एउटा बिशेष सर्वेक्षणले दिन प्रतिदिन बढ्दै गएको पारपाचुकेको प्रमुख कारण” पति पत्नी बिचमा सम्भोग सुख आदान प्रदानमा असफलता” भएको निष्कर्ष निकालेको छ !यो सर्वेक्षण को निष्कर्षनै यो प्रस्नको सजिलो उत्तर हुँदो हो त यसले पक्षाघात भएर वा सडक दुर्घटना भएर शरीरको तल्लो भाग नचल्ने भएका कैयौं व्यक्तिहरुले बिताइरहेको अटूट दाम्पत्य सम्बन्ध अनि रोगि/रोगिनी पति पत्नीको स्याहारमा आफ्नो जीवनको सार्थकता देख्ने कैयौं दम्पति हरुको मनोभावनाको पनि ब्याख्या गर्न सक्नु पर्थ्यो !यी सब कुराहरुलाई एक ठाउँमा राख्दा यो अड्को थाप्ने प्रस्न जस्तो लागे पनि कुरा त्यसो होइन !दाम्पत्य जीवन मानव जीवनको जटिलतम तर सर्बाधिक महत्वपूर्ण सम्बन्ध हो !त्यो भन्दा पनि जटिल मानिसको निरन्तर परिवर्तन भोगी स्वभाव हो! नितान्त फरक फरक जिन बोकेर, अलग अलग पारिवारिक वातावरण बाट आएर जीवनको सबैभन्दा ठूलो साझेदारीको स्थापना एकदमै सकारात्मक परिणामको आशा बिना गर्न सकिदैन!कसैले पनि भोलि छुट्टिने जानी जानी वा भरे देखि झगडा गर्न अहिले लगन गाँठो कस्दैन !तर यस्तो महत्वाकांशी सम्बन्धका जोखिम पनि कम हुदैनन् निरन्तर संग संगै बस्दा क्षण क्षण बदलिँदो परिस्थितिमा पुरुष र स्त्रीको अलग अलग प्राथमिकता र सहनशक्ति का कारणले स्वाभाविक रूपमा उत्पन्न हुने एक्नासेपन र व्दंद्लाई ब्यबस्थापन र समन्वय गर्न मानवीय शक्तिले मात्र पुग्दैन! सृष्टिकर्ताले बिकाश गरेको अलौकिक संयत्र पनि चाहिन्छ !धन ,माया, आपसी सम्मान र सुरक्षा सहितको संस्थागत सम्बन्ध ,सन्तानको जन्मबाट हुने साझेदारीको अनुमोदन अनि शार्रिरीक र मानशिक रूपमा बराबरीको तहमा भोग गरिने सम्भोग जस्ता बहुपक्षीय बन्धनहरुको आ आफ्नै महत्व छ र सबै महत्वपूर्ण पनि हुन् !तै पनि मुख्य अन्तरबस्तु आर्कैछ जो यो सम्बन्ध लाइ पूर्ण र दिघो बनाउन नभई हुदैन !यसले दाम्पत्य जीवनको स्वाभाविक एक्नासेपन लाइ मेटेर त्यसमा सधै चटपटे स्वाद र रहस्य थापिरहन्छ ! मानिसले ब्यबस्थापन गर्न सक्ने तत्वहरुको एउटाको क्षतिपूर्ती अर्कोबाट गर्न गराउन सकिन्छ तर यसको क्षतिपूर्ति मानिसबाट हुदैन,हो उसले गोडमेल गरेर यसलाई जोगाइ राख्न भने सक्छ ! ! त्यो तत्वको अभावमा दाम्पत्य प्राण बिनाको शरीर जस्तो हुन्छ!मानिसले सम्बन्धमा आउन सक्ने जटिलता हरुको ब्यबस्थापन गर्न यन्त्र बनाउन सकेकोछ संयन्त्र बनाउन सकेको छैन र सायद सक्ने पनि छैन !किनभने भावना लाइ नियन्त्रण गर्ने संयन्त्र मानिस आफैंले बनाउन सक्ने बित्तिकै बाँच्नुको रोमान्च सिद्धिन्छ !पुरुष र स्त्री बिचको अत्याबस्यक र अपरिहार्य त्यो अन्तरबस्तु श्रीष्टिकर्ताले बनाएको संयन्त्र हो !त्यो संयन्त्र हो ……….रोमांस !