सरसर्ती हेर्दा र विवाहको औपचारीक परिभाषा पढ्दा दाम्पत्य एउटा आबस्यक तर निरस प्रक्रीया जस्तो लाग्न सक्छ !कानूनको दृष्टिमा करार ,धर्मको दृष्टिमा संस्कार ,समाजको दृष्टिमा घरबार !यसभित्र कहा छ त्यो अन्तरबस्तु जसले यसको निरन्तरताको ग्यारेन्टी दिन्छ ?कहाँ छ त्यो रस जसले यसलाई सिंचन गरेर जीवीत राख्छ ? यो प्रस्न गर्दा एकातीर प्रेम विवाहका पक्षपातीहरु प्रेम विवाहको महत्वलाइ नबुझेको भनी खिसी गरिरहेका हुन् सक्छन भने अर्कोतिर समाजशास्त्रीहरू संस्थागत विवाहको सफलतालाई बुझपचाएको भनी गुनासो पोखिरहेका हुन सक्छन ! एक किसिमले यो स्वाभाविकै पनि हो !तर दाम्पत्य जीवनको सफलताको अन्तरबस्तु विवाह अघिको प्रेम भएको भए धेरैजसो प्रेम – विवाह पारपाचुकेमा परिणत हुनु अथवा निरर्थक आत्मघाती झगडामा व्यस्त हुनु नपर्ने हो ! संस्थागत विवाह मा बढी स्थाइत्व हुने भए, दाम्पत्य जीवनको सफलता आंशिक नभएर शत प्रतिशत हुनु पर्ने हो!त्यसैले प्रस्न जिउदैछ भन्न के को आ!पत्ति ?सन्तान उत्पादन दाम्पत्य जीवन को सफलताको एक मात्र सूत्र भैदिएको भए अदालतमा छोरा छोरी कसले हुर्काउन पाउने भन्ने मुद्दाहरुको चांग न लाग्नु पर्ने हो ! आज गे र लेस्बियन सम्बन्ध अनि विवाह/दाम्पत्यका कुरा मानव अधिकारको रूपमा उठ्दै छन् !आफ्नो लैंगीकताको पहिचान शरीरले होइन आत्माले गर्ने हो भन्ने कुरालाई मान्ने हो भने ती सबैलाई पनि त छाडापन का उपज मात्र भनेर उम्किन नमिल्ला ! इनले पनि सन्तान उत्पादन को भरपर्दो पनलाई थप चुनौती दिएकै छन् सम्पति र हैसियतको साझेदारीलाइ दाम्पत्य जीवनको निरन्तरताको एकमात्र या सबैभन्दा ठूलो कारण मान्ने परिभाषा लाइ पतिबाट धोका पाएपछि भबिस्यकी साम्राज्ञीको पद त्याग गर्ने युवराज्ञी डाएना को उदाहरण अनि नेपालकै राजशाहीको धिरेन्द्र र दीपेन्द्रका घटना हरुले झापड दिएका छन् !अरु साना तिना राजा रजौटा वा सामन्त धनवान हरुको लिस्ट उतार्ने हो भने छुट्टै किताब तैयार हुन सक्छ ! यता तान्दा उता नमिल्ने उता तान्दा यता नमिल्ने जाडोको सिरक जस्तो कस्तो सूत्र होला त दाम्पत्य जीवन रक्षाको?