युवा अवस्थामा स्थापित हुने स्त्री पुरुष बिचको दाम्पत्य जीवन एउटा करार हो !यो करारमा दुबैका आवस्यकता, समाजको अनुभव र प्रकृतीले मानिस लाई दिएको जिम्मेवारी पूरा गर्ने तीन बुँदा हुन्छन !यस्तो अवस्थामा यसमा सहभागी पक्ष अर्थात स्त्री र पुरुष एक आर्का प्रति आशावान र आशंकित दुवै हुन्छन !त्यो आशा र आशंका उनीहरुको आ आफ्नो हितको रक्षाको चासो संग बढी जोडिएको हुन्छ!सन्तानको जन्मले आशा बढाउने र आशंका घटाउने अति महत्वपूर्ण काम गर्छ !