असंख्य अधबैंसे महिलाहरु तरुनीहरुको जस्तै आफ्नो रुप सिंगार्न,सिनेमा जान,सपिंग को नामबाट घुमफिर गर्न चाख लिन्छन !यसलाई उनीहरुको उत्ताउलोपन वा बेमौसमको बाजा ठान्नुको सट्टा नारीको प्राकृतिक स्वभावको उपज ठानेर पतिले पत्नीका यी सोखहरुलाई प्रोत्साहित गर्ने,सहयोग गर्ने र आफुलाई पनि ति ब्यबहार हरूमा सहभागी बनाउँदा फाइदा पतिलाइनै हुन्छ !बिस्तारै उसले आफ्ना असहज ब्यबहार हरूमा पनि पत्नीको सहभागिता बढेको अनुभव गर्न थाल्छ !