बराबरीको सम्बन्ध…..रोमान्स…१

बराबरीको सम्बन्ध…..जसरि रात बिना दिन, अँध्यारो बिना उज्यालो र मृत्यु बिना जीवन को अस्तित्व र महत्व हुदैन त्यसरीनै पुरुष बिना नारीको र नारी बिना पुरुषको कल्पना बेकार हुन्छ !सृष्टीको  धर्म र मर्म अनुसार दुबैको अस्तित्व एक आर्काको पूरक हो !त्यसैले दुवै बिचको अन्तरसम्बन्ध केवल बराबरीको हुन सक्छ …..अन्यथा सृष्टीको नियम खलबलिन्छ र कहिँ न कहिँ कतै न कतै कहिले न कहिले  बिस्फोट अबश्यम्भाबी  हुन्छ !केहि दर्शन शास्त्री हरुले पुरुष र नारीको अस्तित्वलाई आकाश र धर्तिको अस्तित्व संग पनि दाँजेर हेरेका छन् !स्वभावको अध्ययन गर्दा धेरै हदसम्म यो कुरा संग सहमत हुने ठाउँ छ ! धर्ती  धैर्यबान हुन्छ अर्थात ऋतु अनुसार बाहेक अन्य परिवर्तन हत्पति आउदैन !आकाशको ब्रिष्टि को थोपा थोपा लाइ संचय गरेर धर्तीले जम्मा गरेर राख्छ र आबस्यकता पर्दा  बर्सात ऋतुमा फेरी आकाशलाई बाफ पठाएर आर्को बर्सातको लागि सहयोग गर्छ !धर्तीले अन्न र बनस्पति उब्जाउँछ!घनघोर बर्षात र चर्को घाममा   आकाशको बेग धर्तीले थाम्छ र उत्पात हुन् बाट जोगाउँछ !आर्को तिर आकाशमा धैर्य हुदैन, छिन छिन मा मौसममा परिबर्तन आउछ !बर्सिनु उसको काम हो चाहे त्यसले प्रलायनै ल्याएर उत्पात किन नमचाओस !आफु केहि संचय र बचत गर्दैन र कुनै चिज उत्पादन पनि गर्दैन तर उब्जनी गर्ने प्यासले छटपटीई रहेको धर्तीलाई उत्पादनको वातावरण मिलाई दिन्छ!उत्पादन भएको बालि लाइ घाम चाहिँदा घाम र पानी चाहिँदा पानी उपलब्ध गराउँछ ! आकाशमा एकछिन पछि के परिवर्तन आउँछ त्यसको भरोसा हुँदैन् !तर धर्तीमा असामयिक परिवर्तन आउन धेरै ठूलो प्रतिकूल परिस्थितिमा पनि गार्हो हुन्छ !यसरि आकाश र धर्ती स्वभावले एक अर्का भन्दा बिल्कुलै फरक छन् तर एक आर्का बिना  काम चल्दैन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s