दाम्पत्य जीवन भन्नाले धर्म, समाज वा कानूनले मान्यता प्रदान गरेको बाटोबाट पुरुष र नारी लिखित वा अलिखित करारमा बाँधिएर जीवन यापन गरिरहेको अवस्थालाई जनाउँछ ! सम्पतिको साझेदारी तथा हकको सुरक्षा, सामाजिक सुरक्षा र साझा परिचयको प्रत्याभूति,सम्भोग एबं अर्को पुस्ताको जन्म र ब्यबस्थापनको बैधानिकीकरण यो करारका न्यूनतम शर्त हुन्! धार्मिक विधिबाट भएका करार(विवाह)ले यसपछि “काम”वा सम्भोग लाइ संस्कारमा परिणत गरी पबित्र ब्यबहारको रूपमा स्थापित गर्दछन!अर्को अर्थमा यसपछि “काम”लाई अनुशासित संस्कारको रूपमा मान्यता प्राप्त हुन्छ! हिन्दू धर्ममा यसपछिको सम्भोग लाइ ब्रम्हचर्य अनुरुपनै भएको मानिन्छ! यो कर्मलाई प्रेम,यौन र सम्भोग लाइ एकैठाउमा बिधिबत रूपमा आबस्यक पूर्वाधार सहित स्थापित गर्ने प्रयासको रूपमा लिनु उपयुक्त हुन्छ !