रोमान्स को राज्याभिषेक ………१

चिकित्सा बिज्ञानको सिद्धान्त अनुसार ५ बर्षको उमेरसम्मका बालकको शारीरिक विकाश जति तीब्र रूपमा हुन्छ, मानसिक बिकाश भने  अरुले गरेका कुरा र ब्यबहारको नक्कल गर्ने हद सम्म मात्र  सिमीत रहन्छ !यो उमेरका बच्चाहरु जुन भाषा बोल्नेको संगतमा हुन्छन त्यहि भाषा टिप्छन !जुन ब्यबहार आमा बाबु वा घरका ठुला मानिसहरुले गर्दछन,त्यहि ब्यबहार टपक्कै टिप्छन !आफैंले निर्णय गर्ने र दिमागको प्रयोग गर्ने क्षमता उनीहरुमा यो उमेरमा बिकशित भएको हुँदैन! ५ देखि ११ वर्षको उमेरसम्म उनीहरुको शारीरिक बिकाशका साथै सर्बपक्षिय मानशिक बिकाश पनि हुन्छ !अर्थात यतिखेर हुने मानसिक विकास जीवनको र मानवीय संबेदनाको एउटा बिशेष पक्षसंग मात्र सिमीत हुदैन !खेलकुद ,बिज्ञान ,राजनीति ,संगीत हरेक क्षेत्रमा  जानकारी पाएपछि संगत अनुसार उसले एकैसाथ आफ्नो बहुपक्षीय मानसिक विकासको क्रमलाइ अगाडी बढाउन सक्छ !  यतिखेर सिकेको र सुनेको  कुरा जीवनभरी उसको दिमागमा संचित हुन्छ र जीवन भरी त्यसको गहिरो छाप उसमा बस्छ !  यो उमेरमा उसलाई जुन कुरामा एकोहोरिएर लाग्ने अवसर वा बाध्यता आउछ,त्यसैमा लागी रहे उसले पछि त्यसमा विशिष्टता पनि हासिल गर्न सक्छ !                                                                                          माथि उल्लेख गरिएका दुवै उमेर वर्गमा मा केटा हुँ या मा केटि हुँ भन्ने विभेदकारी द्वन्दको भावना अरु ज्ञान संग संगै बिकाश भै रहेको हुन्छ !१ देखि ५ बर्ष सम्मको बर्गमा अरुबाट देखेर,सिकेर आ -आफ्नो लिंग अनुरूपको लुगा लगाउने,सृंगार गर्ने प्रबृत्ति बढ्छ भने ५ देखि ११/१२ बर्षको बर्गमा आफैंले बुझ्दै गएर यो प्रबृत्ति बढ्छ !भेडा भेडा संग बाख्रा बाख्रा संग भने जस्तै आ-आफ्नै लिंगका साथीहरु संग खेल्न खोज्ने र अर्को थरीलाई होच्च्याउने व्दन्द यो उमेरमा प्रबल हुन्छ तर दुबैलाई समन्वय गरी एकै सूत्रमा बाध्ने प्राकृतिक संयन्त्र भने प्रभावकारी भैसकेको हुँदैन !

12/13 बर्षको उमेर देखि १८/१९ बर्षको उमेरसम्म मानिसको शारीरिक र मानसिक दुवै बिकाश बहुपक्षीय नै हुन्छ !तर यात्रुहरुले खचाखच  भरिएको गाडीमा एउटा बलियो मानिसले मुढेबल लगाएर पहिले देखि बसिरहेका यात्रुहरु भन्दा एकदमैं छिटो आफ्नो सिट सुरक्षित गरे जस्तै यो उमेर बर्गमा मानवीय बिकासको एउटा पक्ष एक्कासी सबै भन्दा बलियो रुपमा प्रकट भएर अरु सबैलाई पछि पर्दै अगाडी आउँछ !त्यो हो यौन समबेदना र यौनांगको बिकासको पक्ष!

जसरी खेल मैदानमा टीमका कोचको अथवा टीमका कप्तानको प्रभाव अरु खेलाडीको खेलमा पनि देख्न सकिन्छ !त्यसरीनै यो उमेरदेखि  र्यौन मनोबिज्ञानले जीवनका अरु पक्षहरुमा पनि नजानिदो पाराले प्रभाव पार्न थाल्छ ! लैंगिक व्दन्दसंगै आकर्षणको भाव पनि पैदा हुन्छ !विपरीत लिंगी प्रति आकर्षण मात्र बढ्दैन, अन्तर्मनमा केहि विशिष्टता देखाएर उसको ध्यान आफू प्रति अकर्सित गर्ने रहर पनि बढेर आउँछ !यो भन्दा अगाडिको उमेरमा देखा पर्ने विपरीत लिंगी संगको निरस प्रतिद्व्न्दिता र श्रेष्ठ देखिने इच्छा अब एक्कासी रसमय भएर आउँछ ! प्रबल आकर्षण र एक अर्का को शरीर र मनलाई नजिकबाट अनुभव गर्न खोज्ने कौतुहलले पहिलेको निरस व्दंद्लाई,चिनीको रसमा रातभरी डुबाएर राखेको रसभरी/लालमोहन जस्तै   रसिलो ,स्वादिलो र गुलियो पनि बनाउछ !हेर्दा हेर्दै जीवन मा माधुर्य र लाली थपिन्छ !सपनामा बिपनाको र बिपनामा सपनाको प्रभाव बढ्छ !बैंसको यो खुड्किलोमा थकाइ लाग्दैन अनौठो काउकुती मात्र लाग्छ !आफैंमा आएको यो परिवर्तनलाई बुझ्न नसकेर आफैंलाई उदेक लाग्छ!अर्को शब्दमा भन्ने हो भने रोमान्स अब बालिग भएर राजपाठ चलाउने सिंहासनमा बस्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s