भनिन्छ माया,प्रेम स्वर्थरहीत हुन्छ!तर संसारमा कुनै पनि माया,प्रेम स्वार्थरहीत छैन !किनभने कतै न कतै सबैमा आत्म आनन्द र आत्मसन्तुष्टिको अभिष्ट रहेको हुन्छ !आफ्नो आनन्द र तुष्टि नै मानिसको परम लक्ष हो !मानिस सधै परम आनन्दको खोजीमा व्यस्त हुन्छ !यो खोजीले मानिसमा चाहना जन्माउँछ र एउटा चाहनाले आर्को चाहना जन्माउँछ !आफुलाई मात्र सन्तुष्ट पर्ने माया/प्रेम र अरुको सन्तुष्टि संगै आफु पनि सन्तुष्ट हुने माया/प्रेम मा पछिल्लो उत्तम हो !यहि उत्तम किसिमको आत्मसन्तुष्टिको चाहनालाइ निस्वार्थ माया/प्रेम भन्ने गरिएको हो!हुनत पुरुष/नारी जीवनका बिभिन्न क्षेत्रमा भेटघाट तथा कुराकानीमा संलग्न हुन्छन !सहपाठी हुन्छन ,सहयात्री हुन्छन !पेशेवर व्यक्तिहरु जस्तो अभिनेता अभिनेत्रीहरु अत्यधिक सामिप्यमा र शारिरीक निकटतामा रहेर आफ्नो पेशाको काम सम्पन्न गरिरहेका हुन्छन !सबैजना संग माया प्रेम को भावना उत्पन्न हुनै पर्छ भन्ने छैन ,अझ भनौं धेरै जस्तो अवस्थामा त्यस्तो भावना हुदैन !तर पुरुष र नारी बिचमा प्रकृति/परमात्मा/परमेश्वरले सृष्टी गरेको यो रोमान्स सधैं हुन्छ !नारी मित्रसँग पुरुष मित्रले गर्ने ठट्टा अर्कै किसिमको हुन्छ,पुरुष साथीको अगाडी नारीले महसूस गर्ने लज्जा नारी साथीको अगाडी महसूस गर्ने लज्जा भन्दा अर्कै हुन्छ !नारीको असिमीत सुन्दरता बोधको अनुभूति अर्की नारीलाई पनि हुन्छ तर त्यसै कुरालाई पुरुषले गर्ने अनुभूती र त्यसको प्रसंसा को भाषा फरक हुन्छ ! त्यसैले माया/प्रेम को पर्यायबाची रोमान्स कहिल्यै हुँदैन !ई दुवै यौटै होइनन !रोमान्स ” काम वासना”को पनि पर्याय बाची होइन!” काम वासना “क्षणिक पशुवत संवेग हो !जो मानिस र पशुमा एकै किसिमको हुन्छ !तर रोमान्स पशुमा हुँदैन !रोमान्स फरक फरक यौन परिचय भएकाहरुलाई जोड्ने संवेग हो !पुरुष र नारीको बिपरित स्वभावले पैदा गरेको व्दंद लाइ ब्यबस्थापन गर्न जुन अंतर्निर्भर्शील संयत्र सृष्टिकर्ताले पैदा गरेकोछ ,त्यो रोमान्स हो जसको कारणले न त पुरुष र नारी अलग अलग बस्न सक्छन,न आफ्नो स्वभावमा एकरुपता ल्याउन सक्छन !