कुमारीत्वको सेरो फेरोमा सुहागरात ………३

सुहाग रात को तेस्रोर  अन्तिम  चरण” प्रणय निवेदन र स्विकृती” हो!सुहाग रातका  प्रत्येक चरणहरु कत  कति लामा हुनु पर्छ र कहिले कुन चरण सिद्धिएको हो कसरी बुझ्ने भन्ने प्रस्नको उत्तर संसारको कुनै पनि ज्योतिषी वा चिकित्सा बिशेशग्यले दिने उत्तर होइनन !सेकेन्ड,मिनेट ,घण्टा,दिन,अनि महिनामा पनि हुन सक्ने यो उत्तर दिने अन्तिम अधिकारी नव विवाहीत दम्पतीको अन्तर आत्मा हो !तर के कुरा सत्य हो भने सबै दम्पतीले यो सत्कर्म सम्पन्न गर्न तिन वटै चरणलाई टेकेर जानै पर्छ !शर्ट कट बाटो छैन !त्यस्तो बाटो खोजियो भने दुर्घटना हुन सक्छ !प्रणय निबेदन गर्ने व्यक्ति यो सम्पूर्ण रथको सारथी अर्थात “पुरुष “हो !संकेतले,ब्यबहारले वा वचनले उपयुक्त समयमा उसले यो कार्य गर्छ !स्त्रीको प्रारम्भीक प्रतिरोधबिना यो निबेदन मा स्विक्रीती प्राप्त हुदैन !प्रतिरोधका तीन कारण छन् !एउटा त  प्रतिरोध बिनाको स्वीकृतीमा रोमान्स हुदैन !प्रतिरोध जति सशक्त भयो रोमान्स को हाइट पनि त्यतिनै बढ्छ र अन्तमा प्राप्त हुने स्विकृती को सुन्दरता पनि त्यतिनै बढ्छ !दोस्रो कारण नारीको स्वाभाविक लज्जा बोध हो !कुमारी बेहुलीको प्रतिरोधको यो भन्दा पनि महत्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम ब्यबस्थापन क्षमता माथि केही आशंका  र आफ्नो अप्ठ्यारोमा सुरक्षा को माग हो !यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई बिश्वस्त पार्न सक्नु पर्छ !नारीहरुले सुहाग रातका अघिल्ला दुइ चरण हरुमा पुरुषको धैर्य,अर्काको सम्बेदंशीलता प्रति उसको प्रतिक्रिया र उसको स्वार्थको सीमा लाइ विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोशिश गर्छन !बिश्वासको वातावरण त्यसै पैदा हुदैन !धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम बिश्वास गर्छन !त्यसकारण  सुहागरात को समयमा पुरुषले जति धैर्य धारण गर्न सक्यो,फाइदा पुरुषलाई नै छ !तातो तावामा रोटि छिटो पनि पाक्छ र अपच हुने डर पनि हुदैन !यो बेग्लै कुरा हो कि तावा तात्न समय लाग्छ !तर रोटि खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आबस्यक पूर्वाधार हो !नारी हरुको यो प्रतिरोध  का मुख्य कारण हरुमा संगिनी संग हुने यौन चर्चा र यौन साहित्य हरुको अध्ययन को साथै श्रीष्टीले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्माक कठोरता प्रति  नारीको विकर्षण पनि प्रमुख कारण हो !यो आर्कै कुरा हो कि भोग्दै गएपछि यहि कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षण को रहस्य मद्धे एउटा तत्व पनि हुन सक्छ !कुमारी झिल्ली फाट्दाको पीडा,योनिबाट हुन सक्ने रक्तस्राव,यौनातुर पुरुषका अंग हरुको कठोरता का कुराहरु कुमारी स्त्री लाइ तर्साउन यथेष्ट छन् !तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा त आफुलाई अप्ठ्यारो परिहाले आफुसंगैको मान्छेले त्यसलाई कसरि लिन्छ भन्ने हो!उसले यसको ब्यबस्थापन कति सहानुभूतीपुर्वक गर्छ ?अप्ठ्यारो स्थितीमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफु माथि भर पर्नेको सजिलो लाइ पनि प्राथमिकता दिन्छ ?यस बेला नारीको मनस्थितिमा पर्ने प्रभाव जीवन भर रहन्छ !पुरुषले नारीलाई यो बेला आस्वस्त पार्न सकेन र आफ्नै आग्रह र स्वार्थलाई मात्र प्राथमीकता दिएको भान स्त्रीलाई पर्यो भने मनमा गहिरो घाउ लाग्न सक्छ !शरीर को घाऊ त मामुली होला या सजिलै निको होला !तर मनमा यो बेला बसेको अबिश्वाश को घाऊ जीवन भरी निको नहुन सक्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s