सुहागरात लाई एकदिने कर्मकाण्ड भन्दा दाम्पत्य जीवनको उद्घाटन को समयमा हुने विशिष्ट मानाशिकताको समुचीत ब्यबस्थापन गर्ने समय को रूपमा लिने हो भने यसमा सहभागी स्त्री /पुरुष हरुको मानशीक अवस्थालाई तीन चरणमा बाडेर अध्ययन गर्नु राम्रो हुन्छ !अर्को कुरा पहिलो परिचय रात्री बाहेक अरुको समय र तालिका निर्धारण गरेर छलफल गर्नु स्कुले केटा/केटीलाई होमवर्क दिएर पठाए जस्तो हुन्छ !त्यसकारण पहिलो बाहेक अरु दुइ चरणको तालिका तोक्ने जिम्मा वयस्क दुलाहा दुलहीलाई नै दिनु पर्छ ! पहिलो रात्रीको सम्बाद र त्यसपछि पाइने शारिरीक बिश्रामले दुवै दम्पतिलाई मानशीक र शारिरीक रूपमा पनि तरोताजा बनाउँछ !त्यसपछि दोस्रो चरण शुरु हुन्छ ‘मैत्रीभाव” को चरण! यसमा दम्पतिको बिचमा खुलेर दोहोरो सम्बाद हुन्छ !एक अर्काको अतित र वर्तमान समेत खोतल्ने कोशिश हुन सक्छ !ख्याल ठट्टाको आदान प्रदान पनि हुन सक्छ ! जति बोले पनि बोल्ने कुरा चांग लगाएर बाँकि बसे जस्तो लाग्छ !पुरुषको जन्मजात स्वभावले गर्दा उसलाई नारीले नथाहा पाएको जस्तो लाग्ने बित्तिकै आफ्नो आँखाको तराजुमा पत्नीको शारिरीक नाप तौल गर्न रोक्दैन !तर पत्नीको मनमा भने शारीरिक पक्षले अझै प्राथमीकता सुचिमा ठाउं पाएको हुँदैन !उ बिश्वास को आधार पत्ता लाउनमै व्यस्त हुन्छे,उ नाप तौलमै मस्त हुन्छ !उ दिघो आश्वासन खोज्छे,उ छिटो उड्न खोज्छ !ई दुवै खोजको बीचबाट एउटा तत्कालिन समझदारीको बुँदा जन्मिन्छ ! त्यो हो मित्रवत सम्बन्धको समझदारी !पुरुष /स्त्री बिचका सबै प्रणय सम्बन्धहरु परिचयबाट मित्रताको बाटो हुँदै यथार्थ प्रणय सम्बन्ध सम्म पुग्छन! सुहागरात र अरुबेलाको मनस्थितिमा फरक के छ भने यहाँ समयको कमीले प्रक्रीया भन्दा प्रक्रिया पुरा गर्नेको आग्रह अगाडी बस्छ!आग्रह लाइ पछाडिबाट प्रक्रीया ले ठेल्छ ! त्यसैले प्रक्रिया फास्ट फरवार्ड गरिएको भिडिओ वा सी डि प्लेयर जस्तो गरी अघि बढ्छ !अरु प्रणय सम्बन्धमा प्रक्रिया बिस्तारै अघि बढ्छ !आग्रहले पछाडिबाट प्रक्रिया लाइ ठेल्छ !तर अरु प्रणय सम्बन्धमा जस्तो रोमांसको स्वतन्त्र हरिणीको चालको आवारगी यो सम्बन्धको जिम्मेवारी बोधले हथिनिको ओजपूर्ण लचकता साथ् अघि बढ्छ !