सृष्टी को अनुपम उपहार रोमांस को सुख भोगको अनुभूतीले मानिसलाई मस्त बनाउछ, रोमान्चित बनाउछ !सुप्रसिद्ध बांगलादेशी कवि काजी नजरुल इसलाम को एउटा कवितामा श्रीष्टी सुखको आनन्द भोगको परिकल्पना छ!”श्रीष्टी सुखेर उल्हासे आज मोर मुख हासे मोर चोख हासे मोर….. “!तीस वर्ष जती अघि ढाकामा मेडिकल कलेज मा पढ्दा त्यो कविता लाइ गीती नाट्यको रूपमा युवा युवती हरुले मन्चन गरेको एउटा दृश्य हेरको मलाइ अहिले पनि याद आउँछ !स्टेजमा कोरेको गोलो घेरा भित्र युवा युवती हरुले मस्त भएर नाच्दै बारम्बार त्यो लाइन दोहोराई दोहोराई गाएको हिजो जtस्तो लाग्छ!त्यति जीवन्त छ त्यो गीती कविता र त्यत्तिनै जीवन्त थियो त्यो गीती नाट्य ! श्रीष्टी सुखको भोगको आनन्दमा मानिसले आगो पनि हासेको देख्छ भन्दै कवी भन्छन “आज हास्लो आगून सस्लो फागुन…. “!”अस्व ज्यानो पाग्लासे आर….”कवी कवितामा आफ्नो आनन्दले उल्हासित मनको अवस्थालाई घोडा उफ़्फ़्रिएर् हिन्हीनाएको अवस्था संग तुलना गर्छन !श्रीष्टी सुखको भोगको नियम आफैले बनाउने हो, त्यसलाई गोडमेल गरेर जीवित आफैंले राख्ने हो,त्यसको सीमा पनि आफैले तोक्ने हो !त्यसको उद्गम चाहिं हाम्रो हातमा छैन!त्यो सास्वत छ र अलौकिक छ !तर सामान्य मान्छेको बुद्धिले पनि सुनको फूल दिने कुखुरालाई एकै पटकमा काटेर खानु मूर्खता हुन्छ भन्ने कथा सहितको उखान उचीत समयमा सम्झन अवस्यै भ्याउला! यो सानो भूमिका पछि अब शीर्षकमा उल्लेखित बिषयमा चर्चा गरौँ ! प्रथम सम्भोगको कल्पना उमेर पुगेका किशोर /किशोरी ,तरुण /तरुणीको लागि सुखद र आशंकापूर्ण दुवै हुन्छ !यस बारेमा वयस्क स्त्री/पुरुषको साथि,संगिनी संग पहिल्यै देखि स्वाभाविक चर्चा परिचर्चा पनि भैरहन्छ !तर प्रथम सम्भोग र सुहाग रातको कल्पना र सपना जस्तो हुन्छ ,यथार्थ त्यो भन्दा फरक भएको धेरैको अनुभव सुन्नु परेको मेरो अनुभव छ!मूल बिषयमा प्रवेश गर्नु अघि केहि शब्द हरुको अर्थ र उत्पत्ति बुझ्दा हामीलाई अगाडी सजिलो हुन्छ ! सुहागरात,मधुरात्री जस्ता शब्दहरु फिल्मी प्रभावले गर्दा नेपाली शब्दकोशका बहुप्रचलीत शब्दहरु मध्येका शब्दहरु भएका छन्! हिन्दीमा सुहागको अर्थ सिन्दूर हुने हुनाले पत्नीले पतिको सिन्दूर ग्रहण गरेपछि र पतिले पत्नीलाई सिन्दूर दान गरेपछिको पहिलो रात लाइ सुहाग रात भनिएको हो ! सुहागरात पहिलो यौन सम्पर्कको पर्यायबाची शब्द होइन !कारण पहिलो यौन सम्पर्क सुहागरातकै दिन मात्र हुन्छ भन्ने पनि छैन र सुहागरातको दिन पहिलो यौन सम्पर्क हुनै पर्छ भन्ने पनि छैन !सुहागरात जीवनको ठुलो कोशेढुंगामा परेको मोड जस्तो अवस्था हो !दाम्पत्य जीवनमा यसको प्रभाव निकै दूरगामी हुन्छ !सम्भोग शब्द आफैं आफ्नो अर्थ बोल्ने शब्द हो !संस्कृतमा सम भनेको बराबर हो र भोग भनेको अनुभव या प्रयोग हो !जुन अनुभव परस्परमा बराबरी बाँडेर भोग गरिन्छ त्यो सम्भोग हो !यौन सम्पर्क स्थापित हुदा दुवै पक्षको समान सहभागिता र परस्पर यौन सुख आदान प्रदान हुने हुनाले सम्भोग भन्ने बित्तिकै यौन सम्पर्क भन्ने बुझिन्छ र यो शब्दको प्रयोग पनि त्यहि अवस्था बुझाउनलाई हुन्छ !सुहागरात हिन्दि बाट नेपालीमा आयातीत शब्द हो !मधुरात्री अंग्रेजी शब्द हनीमूनको संस्कृत अनुवाद हो ! अब फेरी फर्कौं अहिलेको चर्चाकै विषयमा ! सुहागरातको स्वच्छताको माध्यमबाट पहिलो यौन सम्पर्क स्थापना गर्न चाहने वा एक आर्का संग पहिलो सम्भोग स्थापना गर्न चाहने दम्पतिहरुले के बुझ्नु जरूरी छ भने त्यस भन्दा पनि तत्काल महत्वपूर्ण कुरा त्यसको वातावरण निर्माण हो !पुरुषको भूमिका यौन सम्बन्धमा नेतृत्वदायी हुने हुनाले यो वातावरण निर्माणमा उसको भूमिका बढी जिम्मेवारी पूर्ण हुन्छ !नारीको मनमा अपरिचीत वा बाहिरी रूपमा मात्र परिचीत पुरुष संग रातको एकान्त एक्लै बिताउनु पर्ने पल हरुको कल्पना भय र मिठास दुबैको मिश्रण बाट उत्पन्न रोमान्चको हुन्छ ! बिबाहित पति संग प्रगाढ निकटता स्थापित भएर उ संग मनको स्तरमा सम्बन्ध नगसिएसम्म कुमारी सपनामा आउने तर अनुहार प्रस्ट नदेखिने राजकुमार संग बिछोडको लागि तैयार हुने वा त्यो सपनाको राजकुमारलाई बिपनाको राजा संग भेट गरेर एकाकार गर्ने कुनै पनि निर्णय अहिलेनै गरिहाल्न नवबिबाहीताको मन तयार भैसकेको हुदैन !नबबिबाहीत पतिको अस्तित्व अस्विकार गर्नु अब असम्भव भैसकेको हुन्छ भने उसलाई मनले पूर्ण रूपमा ग्रहण गरिहाल्नु पनि छाया संग माया लाउनु जस्तो अवस्थामा उ हुन्छे !यो अवस्थामा उसलाई आफ्नो मान्छेसंग एकान्तमा भेट्ने रहर पनि त्यत्तिकै प्रवल हुन्छ जति अप्रत्यासीत ब्यबहारको आशंकाले उससंग को अबस्यम्भावी भेटलाई जतिसक्दो पर सार्ने बाध्यत्माक चाहना !यस्तो अप्ठ्यारो मानसिक अंतर्द्वंदमा फसेकी नारी संग भेट्न आतुर पुरुषको हातमा सुहागरात रूपी घोडाको लगाम हुन्छ !पुरुषको पहल कस्तो हुन्छ नारीको सम्पूर्ण अनुभव त्यसैबाट प्रभावित हुन्छ !भनिन्छ …पुरुषको यौन संवेग आँखा बाट प्रवेश गर्छ र नारीको यौन संवेग कानबाट !अर्थात पुरुष रूपबाट छिटै प्रभावित हुन्छ,नारी बोली र प्रशंशा बाट !यथार्थमा कुमारी नारीको कुमारीत्व लाइ शारिरीक चुनौती दिने सहि समय पहिलो रात होइन !पहिलो रात त परिचयको रात हो !प्रेम विवाह नै भएपनि नारी आफ्नो परिवार छोडेर पुरुषको घरमा पहिलो पटक आफ्नो ठाउँ लिन आउँछे र त्यो बेला आफ्नो हैसियत सहीतको त्यहाँको वातावरण संग ऊ अनभिज्ञ हुने हुदा पुरुषले एकान्तमा भेट हुने बित्तिकै सहज भावले सन्चो बिसन्चो र थकावट को भलाकुशारी पछि पारिवारीक वातावरण र सदस्यहरुको बारेमा बताउनु पर्छ !साथै उसले आफ्नो परिवार र जीवनमा उसको आगमनलाई अत्यन्त उत्साहीत मनले स्वागत गर्नु पर्छ !त्यसपछि उसले आफ्नी सुशील र सुन्दरी नवबिबाहीता स्त्रीले आफूलाई पतिको रूपमा ग्रहण गरेकोमा कृतज्ञता व्यक्त गर्नु पर्छ ! आफ्नो परिवारको परिचय दिएर पत्नीलाई परिवारमा स्वागतको कुरा गर्दा र आफुलाई पतिको रूपमा स्वीकार गरेकोमा कृतज्ञता जनाउँदा नारीको संकोच र आशंका भरोसामा परिणत हुन पुग्छ !यो समयमा पुरुषले यौन सम्पर्कको लागि हतार नगरी सहज वातावरण बनाउन पट्टि लाग्दा उसले जीवन साथीको बिश्वास र सम्मान जित्छ, जुन दाम्पत्य जीवन मा आबस्यक दीर्घकालीन अनौपचारीक सम्बन्धको को सिर्जना र बिकाशको लागी पनि सहयोगी हुन्छ !यस पछि उसको थकावट र यो घरमा नयापनको कारणले धेरै दवाब नदिई दुबैको सुविधामा एक आर्काका जीवनका अनुभव साट्दै प्रथम रात्रीको आशंका र व्दिविधापूर्ण भेट को अन्त्य भयो भने मानशीक कुमारीत्व समर्पण को अमूल्य उपहार पुरुषलाई प्राप्त हुन्छ !अरुणा लामाको स्वरमा मेरो बाल्यकाल तिर रेडियो नेपालमा गुन्जिईरहने एउटा गीत को अन्तराका ई दुइ हरफ हरु मा व्यक्त भावना शायद त्यसै बेलाको मनस्थितीलाइ राम्रो ब्याख्या गर्न सफल छन् …….सुम्पें हिर्दय तिमीलाई ,हिर्दय मेरो नातोड़ ……जीवनको बाटो छ लामो ,एक्लै बीचमा नछोड !