मानिस को एउटा स्वभाव हुन्छ !कुनै कुनै बस्तुलाई उसले पहिले एकै नज़रमा अत्यन्त सुन्दर मानेर टपक्कै टिपेर आफ्नो पोल्टामा हाल्छ आहा क्या राम्रो, कस्तो साँचैमा हालेर बनाए जस्तो ,यस्तो राम्रो त पहिले कहीं देखेको थिएन जस्ता उद्गार व्यक्त गर्दै ! फुर्सद भएपछि उसले त्यसलाई ओल्टाई पल्टाई गरेर हेर्छ अनि त्यसमा अनेकौं खोट निकाल्छ !यो भएन,त्यो भएन,यहाँ यत्ति भैदिएको भए कति राम्रो हुन्थ्यो,यहाँ यस्तो नभएको भएत सार्है खुल्थ्यो ! आदि इत्यादी! हुदा हुदा उसले त्यस्तो मन पराएर,चीज गरेर ल्याएको बस्तु प्रति बिस्तारै आँखै लाउन छोड्छ !अनि पछि पछि त त्यसमा आँखा परे पनि अन्तै मोड्न थाल्छ !अन्त्यमा आफुसंग आबस्यकता भन्दा बढी बस्तु भए भनेर उसले त्यसलाई फाल्छ,कसैलाई दिन्छ या रद्दीको टोकरीमा हाल्छ !आधुनिक अर्थशास्त्रमा मानव स्वभावको यो पक्षलाई ब्याख्या गर्ने एउटा सिद्धान्त छ …थ्योरी अफ मार्जिनल युटिलिटी!नेपाली मा त्यसलाई” सीमान्त उपयोगीता को सिद्धान्त” भनेर भनिन्छ ! बोक्रै सित खाएको फल उसले अबस्य अति मिठो लगेर खान्छ ,तर धेरैवटा धेरैवटा एकैचोटी लगातार खानु ठिक हुदैन !नत्र अपच पनि हुन सक्छ !” खाना खाँदा पनि एक दुइ गाँस अरु खाउँ खाउँ भन्दैमा खान छोड्नु पर्छ” भन्ने पुरानो कथन छ !दाम्पत्य निर्वाह गर्ने बाटोमा हिंड्दै जाँदा संस्थागत विवाहमा प्रेम सम्बन्ध स्थापीत हुन लाग्दाको जस्तो व्यग्रता र ज्वार भाटाको जस्तो स्थितीको” मधुमास’को चर्चा पछि त्यसमा आउने ठहराव र चुनौतीको पनि चर्चा गर्नै पर्यो !किनकि त्यसको स्वभावीक परिणती यही हो ! हुनत मानवीय सम्बन्ध हरु वस्तु संगको” वस्तुगत” सम्बन्ध भन्दा बढी जटील हुन्छन !कारण तिनको पछाडी भावनात्मक पृष्ठभूमी पनि हुन्छ !अर्को कुरा बस्तु जस्तो एकोहोरो सम्बाद मात्र यसमा हुँदैन यहाँ सम्बाद दोहोरो हुन्छ ! त्यसैले यसमा आबस्यक्ताको सिद्धान्त परिमार्जीत हुदै दुवै पट्टि धार बोकेको” दोधारे” भएर लागु हुन्छ !सामाजीक र नैतिक पृष्ठभूमी पनि यहाँ एक्छीन साथ नछोडी आफ्नो प्रभाव प्रयोग गरी रहेका हुन्छन !प्रारम्भीक उठानको ब्यबस्थापन भन्दा अबस्यम्भावी ठहरावको ब्यबस्थापन अलि गार्हो छ !कारण यहाँ विवेकको प्रयोग बढी गर्नु पर्छ !सन्तान को जन्म एउटा ठुलो मोड हो ! वस्तुगत साझेदारीको नक्शा लाइ जग हाल्ने कार्यमा एउटा बलियो ईंटा थपेर यसले दाम्पत्य लाइ सुरक्षण दिन्छ !मनोगत साझेदारी को प्रभाव भन्दा दाम्पत्य जीवन को स्थायित्वमा यो साझेदारीको बढी भूमिका हुन्छ भन्ने मलाई लाग्छ !