कुमारीत्वको सेरोफेरोमा सुहागरात …………..४

आउँदो दाम्पत्य जीवनको लामो बाटोमा संगै हिड्ने साथीको विश्वाश जितेर सजिलो बनाउने कि,अहिलेको क्षणिक आनन्दलाई बढी महत्व दिएर भबिस्यमा अविस्वास को गह्रौं भारी  बोकेर हिंडी रहनु पर्ने जोखिम मोल्ने ?नारीको विश्वाश काँचको भाँडो जस्तो हुन्छ !फुटेपछि फेरी जोडिदैन !पहिलो रात वा त्यसपछिका पतिका ब्यबहार हरुको आधारमा मुल्यांकन गरेर पतिलाई स्वार्थी र बलात्कारी सम्म भन्ने पत्नीहरुको पतिसंगको समस्याको मनोबैज्ञानिक  ब्यबस्थापन गरेको र गर्दैरहेको चिकित्सकीय अनुभव म संग थुप्रै छन् !सुहागरात दाम्पत्य जीवनको प्रवेश द्वार हो !स्त्री/पुरुष दुबैले यो समय देखिनै एक अर्काको मनोविज्ञान र सजिलो अप्ठ्यारो प्रति सकारात्मक चासो राख्न शुरु गर्नु पर्छ !सुहागरातमा यौन सम्बन्ध आफ्नो सोचाइ अनुरुप स्थापित हुन नसक्दा चरित्रमै अबिश्वास उत्पन्न भएर दाम्पत्य जीवन दुर्घटनाग्रस्त भएको पनि मैले आफ्नो चिकित्सा पेशा को अनुभव मा देखेको छु ! अति आतुरता र अति प्रतिरोध दुवै खतरनाक हुन्छन !

आतुरता रोमान्सयुक्त छ भने त्यो राम्रो हो, त्यस्तै प्रतिरोध मा रोमान्स छ भने त्यो पनि राम्रो हो !न न भन्ने नारीलेनै एउटा बिन्दुमा पुगेर हँ भन्छे , त्यो निश्चित छ !नारी सुलभ लज्जाले पनि एकैपटक हँ भन्न दिदैन! त्यो लज्जा बोध पनि नारी स्वभावको  एउटा गहना  हो !अनि आग्रह सहीत प्रणय प्रस्ताव राख्ने पुरुषको सदासयताको पनि कदर गर्ने पर्छ !त्यो संरक्षण को पहिलो आश्वासन हो !

सकारात्मक सोचाइका साथ सही समय र वातावरण को प्रतिक्षा गर्नु पर्छ ! न्युनतम मानवीय संबेदनाको इज्जत पनि सबैले राख्नै पर्छ !कुमारीत्व र सुहागरात संग जोडिएको आर्को एउटा महत्वपूर्ण पक्ष पनि छ !जसको चर्चा बिना यो लेख अधुरो रहने छ ! त्यो हो कुमारी झिल्ली !अंग्रेजीमा हाईमेन र संस्कृतमा कौमार्य झिल्ली भनिने यो झिल्ली योनिको मुखैमा अलि भित्र तीर रहेको हुन्छ !कसैमा यो झिल्ली बच्चा देखि हुदैन या एक कुनामा सानो मात्र हुन्छ !धेरै जसोमा इलास्टिक जस्तो यो झिल्ली योनिको एक भित्ता देखि आर्को भित्तासंम फैलिएर रहेको हुन्छ !पहिलो सम्भोग सम्म यो झिल्ली योनी मार्गको मुखमा छ भने सम्भोगको बेलामा यो झिल्ली फाटेर हल्का रगत आउन सक्छ र अरु एक दुइ दिन योनिको मुखको हलुका सुजन हुन सक्छ !तर सानै उमेरमा खेल्दा,कुद्दा ,वा लड्दा   प्रत्यक्ष वा अप्रत्यक्ष आघातले यो झिल्ली आफैं च्यातिन सक्छ !यो झिल्लिको बीचमा महिनावारीको रगत जान सानो प्वाल हुन्छ ! कसै कसैमा यो  प्वाल ठुलो भएर त्यसै बाट यौन सम्पर्क पनि सम्भव हुन्छ र बुढेशकाल सम्म यो योनिको भित्ता भित्तामा मात्र रही रहन्छ भनेअर्कोतीर कसै कसैमा यो झिल्लीमा को बिचमा महिनावारीको रगत जान हुनु पर्ने प्वाल नभएको कारणले  रजस्वला हुन थाले पछि रगत जाने बाटो सानो अपरेसनको प्रक्रिया द्वारा खोल्नु पर्ने पनि हुन सक्छ !त्यसकारण कुमारी झिल्ली पहिलो यौन सम्पर्क मा फाटेर रगत आएन भने त्यसलाई चरित्र हिनता अथवा पहिल्यै यौन सम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारी झिल्ली फाटेर रगत आउनु मात्रैलाइ पहिले यौन सम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो ! कुमारी झिल्ली को नाम कुमारीत्व संग जोडिए पनि त्यो कुमारीत्व को अकाट्य प्रमाण होइन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s