नपाउनेले के पायो बोक्रै सित खायो ……………

आए हों मेरी जिन्दगी में यूँ बहार बनके!मेरे दील में युही रहना तुम प्यार प्यार बनके …………यो समयको मनस्थिती लाई बर्णन गर्न , हिन्दी फिल्मी यो गीत का शब्द हरु भन्दा सक्षम कुनै सृन्गारीक शब्द हरुको सयोजन  मलाई अहिले  याद आइ रहेका छैनन् !नेपालीमा यसको भावात्मक अनुवाद यस्तो हुन्छ …….मेरो जीवनमा तिमी जसरी अहिले बसन्त जस्तो भएर आएका  छौ/छ्यौ……..तिमी सधै मेरो जीवनमा यसरीनै प्रेम को दियो जलाएर बसी रहनु !सुहागरात पछि, रोमान्स ले भरिएको पोखरीमा चुर्लुम्म डुबेका नवदम्पती हरुले त्यसपछिको  समय यतिसम्म सुखदायी हुन्छ  भन्ने कल्पना सम्म पहिले गरेका हुदैनन् ! सम्भोगको बाकसको ताल्चा खुलेपछि त्यो भित्रको रमाइलो कर्मकाण्डको रहस्य एकै पटकमा  खुले जस्तो लाग्छ  अनि त्यो रोमान्स को एउटा पक्ष मात्र हुन पुग्छ , तर दाम्पत्य जीवनको प्रारम्भीक ब्यबस्थापनको रहस्य हरेक दिन बिबिधता लिएर  आइरहन्छ जसले गर्दा चुनौती र समाधान दुवै आनन्ददायी हुन्छन ! प्रष्ट देखिएको कुरा भन्दा पूरै छोपिएको कुरामा बढी रहस्य हुनु त स्वाभाविकै हो तर आधा देखिएको बस्तु को पछाडी लुकेर रहेको देखिन बाँकि बस्तुमा रहस्य र रोमान्च दुवै हुन्छ ! पहिले खुला छाडेको साँढे जस्तै कुनै जिम्मेबारी बिना एक्लै जीवन बिताउने पुरुष अब  बन्धनमा पर्नु पर्दा पनि बन्धनमै आनन्द खोज्न थाल्छ !अर्काको जिम्मेवारी लिन पन्छिने पुरुषले  अब अर्काको जिम्मेबारी लिन रमाइलो मान्न थाल्छ !आफ्ना परिवार र आफन्त पुरुष बाहेक अरुको संसर्ग देखि भाग्ने स्त्रीले अब नारी सुलभ लाज त्यागेर पनि पतिको सम्पर्क र सुश्रुषा को मौका पाउने बित्तिकै त्यसलाई उपयोग गर्छे ! एकान्तमा भन्दा अरुको बिचमा रहदा लुकी लुकी आँखा जुधाउन बढी आनन्द आउँछ !रातको मजामा दिनको आनन्द र व्यग्रता थपिदा जिन्दगि रसमय भएर आउँछ !नारी ले आफु जन्मे हुर्केको परिवार र घर छोडेर कहिल्यै नदेखेका नभेटेका मान्छे हरु संग नया घर,परिवार र नया वातावरणमा बानि पर्दा हुने कष्टलाई मद्होसी को सुरमा पत्तै पाउदिन!बैबाहिक जीवनले पछि ल्याउने आर्थिक,सामाजिक र नैतिक जिम्मेवारीको बोधलाई  खुमारीको सुरमा पुरुषले वास्तै गर्दैन ! हरेक दिन नया सम्भावना को ढोका खोल्दै सुरुहुन्छ !अनि हरेक रात चाल नपाई सिधिन्छ !तड़प  भित्र रहेको मिठास नारी/पुरुष सम्बन्ध रूपी औंठीको हीरा हो! कुनै अमूल्य बस्तु माथि स्वामित्वको दावी गर्न पाउदाको आनन्द अनुभूतीमा मग्न दम्पती लाइ पश्चिमी संस्कारले हनिमून को  मौका दिन्छ !बालविवाहको अभिशापले केही अघिसम्म ग्रस्त पूर्वी समाजले लामा लामा सोह्र साइत र दुलान फर्काउने प्रक्रीया हरुमा जोड दिन्छ !तर पूर्वी समाजमा पनि बालविवाह घट्दै गएपछि मधु मास का कुराहरु आउन थालेका छन् जुन समाजमा आएको सकारात्मक परिवर्तन हो !यो मधुमास कवीहरुको कल्पनामा मात्र होइन यथार्थमा पनि त्यत्तिकै सुन्दर र कल्पनातीत हुन्छ !तन्नेरीका सपनाहरु जब चैत बैसाखमा   गुरांश जस्तो फुल्दछन उराठ लाग्दो जंगल पनि ढकमक्क हुन्छ !दाम्पत्य जीवनको यसै बेलाको ऊर्जाले दम्पतीलाई पछिसम्म जीवन को उकाली ओरालीमा संग संगै हिड्न सक्ने बनाउछ !यो समय निस्फिक्री र बिना हतार बिताउन पाएका दम्पतिमा  पछी सम्म प्रणयको दीप निर्बिघ्न प्रज्वलीत भैरहन्छ !यो समयमा पढाइको,घर ब्यबहारको, सन्तान उत्पादनको , बाहिरी झमेलाको वा आफ्नो भबिस्य निर्माणका दवाब जस्ता कुराले प्रभाव पार्ने अवस्था नआउदा दुबैमा हरेक चुनौती लाई संगै मिलेर सामना गर्ने शक्ती बढ्छ !त्यस्ता दवाब हरुले प्रभाव पार्ने अवस्था स्रीजना भयो भने त्यो उर्जाले संचीत हुने मौकै पाउदैन !एक अर्का भित्रको कोरा  रोमान्स ले घुलमिल भएर एकाकार हुने मौका पाउने बेला नै यहि हो!यतिखेर को कोरा रोमान्स लाइ राम्ररी मलजल गर्ने यथेष्ट र उपयुक्त अवसर दम्पतीले पाएनन् भने पछि रोमान्स  मलजल र गोडमेल नपुगेको  बिरुवा  जस्तो सिक्रिक्क परेको हुन्छ ,अर्को  उदाहरण दिंदा वाल्यकालमा कुपुषण को शिकार  भएको कम्जोर सिकुटे तन्नेरी जस्तो हुन्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s