बादि -प्रेम विवाह तथा गान्धर्भ विवाह तथा प्रतिवादी-मांगी विवाह र अन्य सबै प्रकारका संस्थागत विवाह बीचको पुरानो मुद्दा यहाँ देखि मिलापत्र मा टुंगिन्छ !सबै विवाहबाट यहाँ तक कि भागी विवाहको बाटो पनि यो चौबाटो देखी यौटै हुन्छ ! संस्थागत विवाहमा–पहिले विवाह त्यसपछि मधुरात्री अनि मधुमास मानसिक अनुभवको क्रम हुन्छ भने यसको ठीक उल्टो प्रेम विवाहमा पहिले मधुमास त्यसपछि मधुरात्री अनि विवाहको मानसिक अनुभव हुनसक्ने बाहेक दाम्पत्य जीवन को हिसाबबाट यी दुइमा अन्य ठुलो आधारभूत फरक हुदैन भन्ने मेरो मान्यता छ ! यो विवाद को विषय हुन सक्छ तर दाम्पत्य जीवन जसरी स्थापीत भए पनि त्यसपछि त्यसको अनुभूति र परिणाम निर्धारण एकै किसिमले हुन्छ भन्दा धेरै विवाद नहोला !क्रम भंग गर्ने यो चर्चा पछि फेरी सन्तान जन्म र दाम्पत्यकै सेरो फेरोमा चर्चा लाइ फर्काउँ!सन्तान जन्मले दाम्पत्य लाइ दिने सुरक्षण पनि सापेक्षिक मात्र हुन्छ पूर्ण होइन भन्ने कुरा पूर्वीय र पश्चिमी आँकडा हरुले स्पस्ट पार्छन !मानिस जति अन्य नियम ,कानून र सन्तुलनका संयन्त्र भन्दा प्राक्रीतिक स्वभावको नजीक जान्छ त्यति अराजकता तिर बढ्छ,!किनभने मानिस जन्मिदा कुनै बन्धन नलिई जन्मिन्छ र उसको जन्मजात स्वभाव अराजक हो !त्यो कुरालाई एकछिन थाति राखेर हेर्दा र बच्चा प्रतिको प्रेम पनि आमाबाबुको प्राक्रीतिक स्वभाव भित्रै पर्ने हुँदा सन्तानको जन्म उल्लेखयोग्य कोशेढुंगा अवस्य हो !यौन जीवनमा सन्तुष्टी दाम्पत्यको अर्को ठूलो सुरक्षण हो ! दाम्पत्य जीवनको सुरक्षा र जोखिमको चर्चा गर्दा निरन्तरता लाइ एक मात्र अधार नमानी सन्तुष्टी लाइ पनि त्यत्तिकै महत्वपूर्ण आधार मानेर गर्नुपर्छ !सन्तान जन्म र यौन जीवनको सन्तुष्टी दुवै निरन्तरता र सन्तुष्टी संग बराबरी सम्बन्धीत छन् !अर्थ सामाजिक संयन्त्र हरुको नियन्त्रण सन्तान को कुरामा बढी महत्व राख्छ भने यौन सन्तुष्टीको कुरो मानिसको जन्मजात नैसर्गीक स्वभाव संग बढी नजीक छ ! अरु पशुमा यौन र प्रजनन यौटै सिक्काका दुइ पाटा हुन कारण तिनमा दुबैको प्रयोजन यौटै छ !मानिसमा यौन प्रजनन संग पनि सम्बन्धीत छ र मानव जीवन को अति महत्वपूर्ण बिषय दाम्पत्य संग पनि !त्यसैले यसको महत्व बढी छ भन्दा विवाद न होला !तर सिद्धान्त जे भए पनि प्राथमीकतामा फरक छ !नारीले सन्तान लाइ बढी प्राथमिकता दिन्छे !पुरुषले यौनलाई !