दाम्पत्य को साँचो………………………………………..४

दाम्पत्य को साँचो को संग छ भनेर हामीले चर्चा गर्दा  एकातिर यसको बहुपक्षीय उत्तर पनि खोज्नै पर्छ भने ई सबै पक्ष्य लाइ समन्वय गर्ने एउटा मात्र केन्द्रबिन्दु खोज्ने कोशिश पनि गर्नुपर्छ !मानिसले यौनको प्रयोग गरेको हो  वा यौनले मानिसलाई प्रयोग गरेको हो ?यो गम्भीर प्रस्नको उत्तर पनि यहाँ अत्यन्त सान्दर्भिक छ ! !मानिसले यौनलाई प्रयोग गर्न खोजेको हो भने त्यसको कारण धन,सन्तान, सामाजिक प्रतिष्ठा आदि सबै भन्दा दाम्पत्यको ब्यबस्थापन मा यौनको केन्द्रीय भूमिका छ भन्ने बुझाइले हो ? ?यौन सनातन र सास्वत सत्य पनि हो !अकबरे सुनलाई कसी  लगाई रहनु पर्दैन भन्ने नेपाली उखान जस्तै सत्य र सास्वत कुरा आफ्नो मूल रूपमैं सुन्दर हुन्छ !त्यसलाई रंग रोगन गर्नु पर्दैन ! सृष्टी देखिनै यो अहिलेसम्म छ र सृष्टी रहेसम्म रहनेछ !कारण, यो बिना सृष्टीको बिस्तार सम्भव छैन !यौनको प्रयोग सृष्टीले आफ्नो बिस्तारको लागि पनि गरेको छ ! सम्भोग यौनको अभिब्यक्तीका धेरै माध्यम मध्ये एक प्रमूख माध्यम हो ! सम्भोग,सम र भोग शब्द को मिलन बाट बनेको हुनाले यसको मूल  चरित्र समताबादी हो भन्ने कुरा प्रस्ट हुन्छ !त्यसो भए यौन लाइ किन गोप्य राख्नु पर्यो !सम्भोग गोप्यतामा सुन्दर हुन्छ,यौन हुदैन !राखेर गोप्य रहने बस्तुलाई पो गोप्य राख्ने ! गोप्य राखेको भन्ने हो भने यौन मांगी खाने भाँडो पनि भएकैछ ,बांडीखाने भाँडो पनि भएकै छ ! भायाग्रा र सेक्ष् टोय अनि जेल र तेल  बोकेर मान्छे नै हिंडेको छ !न पुरुष यस कुरामा पछाडी छ न स्त्री पछाडी छ !यौन को ग्ल्यामर बढाउन संसारमा लाखौं पर्ने जन्तर र करोडौं पर्ने अत्तर सम्म बिक्री भएका छन् !तर पनि यौन को रहस्य अझै सबभन्दा ठुलो रहस्य छ ! यौनबाट  मान्छेको मस्तिष्क र शरीर दुवै  प्रभावीत हुन्छन जुन स्वाभाविक हो ! !तर मान्छेले अझसम्म के बुझ्न सकेको छैन भने यौन समस्याको समाधान बारे छलफल गर्ने पहिलो बिश्वस्त साथि आफ्नै यौन साथि हो ,रत्नपार्कमा भाषण गर्ने चटके होइन !यौनको बिबिधता पूर्ण प्रयोग गरेर मान्छेले जीवनमा रोमान्स ल्याउने हक पाउनु पर्छ !यसमा दुइमत छैन,तर यौनलाई प्रयोग गर्ने नाउमा आधुनिक युगको मान्छे कुइराको काग त भइरहेको छैन ?त्यसको पनि हेक्का राख्दै जानु पर्छ !हो यौनको भूमिका  दाम्पत्यको सफलताको लागि केन्द्रीय छ !किनभने यसको उचित उपयोगले मान्छेको मन र शरीरको मिलन अर्थात योग गराउँछ !तर मान्छे एकांगी स्थाईत्वको प्रवल विरोधी पनि हो !एक्नासेपन उ कहिल्यै मन पराउदैन,गतीहीनता संग उसको दुश्मनी जगजाहेर छ !तर अती कृत्रिम गतिशीलता त्यसको उत्तर होइन !त्यसले मुतको न्यानोको काम मात्रै गर्छ !दीर्घस्थाई गतिशीलता रोमान्स मा छ !रोमान्स प्रक्रितीकै सृष्टी हो र प्रकृतीक रूपमैं उपलब्ध हुन्छ !स्त्री /पुरुषको व्दंद ब्यबस्थापन गरेर समन्वय ल्याउन यसको सृष्टी भएको हो !त्यसैले स्त्री पुरुष को दाम्पत्य को साँचो पनि यसै संग छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s