दाम्पत्य को सीमा नाघेर पनि यौन को तृप्ती खोज्नेमा कम अपवाद बाहेक पूर्व र पश्चिम दुबैतीर पुरुष नै अगाडी छन्! त्यस्तै ममताको छाहारी रोज्नेमा दुबैतीर नारीनै अगाडी छन् !तैपनि दाम्पत्य को अनौठो बिशेषता के छ भने रोज्नु नपर्दा सबैको पहिलो प्राथमिकता दाम्पत्य भित्र सबै कुरा खोज्ने हुन्छ !सम्पतीको सुरक्षा दाम्पत्य को प्रमुख शर्त मध्ये एक हो !त्यसैले आर्थिक अराजकता र दाम्पत्यको पुरानो दुश्मनी छ !शायद दाम्पत्य को घेरा मा सिमीत रहने निर्णय आदि मानव हरुले आर्थिक अराजकताको आफ्नो जन्मजात स्वभाव बाट दिक्क भएर गरे होलान ! तर आर्थिक सम्पन्नता को छहारी दाम्पत्यको रक्षक भन्दा बढी यसको असुरक्षा को कारण भएको पाइन्छ ! समाजको संस्थागत शक्ति पनि दाम्पत्यकै पक्षमा छ ,त्यसैले ठुला ठुला राजा महाराजा र शक्तिवान मान्छेहरु दाम्पत्यको पक्षमा अती इमानदार भएको नाटक गर्न पनि पछी पर्दैनन् !समाजनै दाम्पत्य को संस्थापक भएको कारणले नूनको सोझो गर्नै पर्ने बाध्यता पनि छ !तर यी सबै कुरा प्रष्ट स्थापित सत्य हुन !इनमा धेरै समय खर्च गर्नु भन्दा रहस्य भित्र लुकेको सत्य खोज्ने कोशिश गर्दा समयको बढी सदुपयोग हुन्छ होला !अन्धकार मा लुकेको छाया जस्तो भएर बसेको त्यो बिषय यौन हो !के को डरले मानिस चाहेर पनि यस बिषयमा कुरा गर्न सक्दैनन् !अर्धसत्य के हो भने यसको सुन्दरता यसैमा छ !तर बाँकि आधा चाहिं के हो त ?समाज शास्त्रीहरुको तर्क यो हुन्छ कि यो स्वभावलेनै अत्यन्त अराजक छ र यसलाई पर्दा पछाडी राख्नुमानै सबैको भलाइ छ !तर बन्द कोठामा र पर्दा पछाडी यो कहिल्यै कम्जोर भएको छ ?तमाम विध्वंश गरेर पनि पानी माथिको ओभानो भएर आफुलाई भलाद्मी देखाउन सफल यो भन्दा अर्को शक्तिवान को छ ?अनि सबै अरु तत्व धन,इज्जत सन्तान सन्तान,समाज सबैलाई थान्ग्नामा सुताएर तिनीहरुको शक्तीका श्रोत हरु माथि पनि प्रभाव जमाउने यो भन्दा अर्को शक्तीकेन्द्र कुन छ !सत्य के पनि हो भने श्रीष्टीकर्ताले समेत आफ्नो श्रीष्टी फैलाउन यसैलाई प्रयोग गर्छ !यसो हेर्दा यो श्रीष्टिको पुल्पुलायेर बिग्रेको छोरो जस्तो छ !त्यसो भए के यसलाई त्यसै छोड्ने !यसलाई सीमा म़ा राख्न यसको चरित्र र स्वभाव को बिस्त्रीत अध्ययन गर्नु पर्दैन ?यसको शक्ती को मूल कहाँ छ त्यो पत्ता लगाउनु पर्दैन ?प्राकृतीक न्याय को सिध्धान्तले यसलाई राम्ररी नबुझी यसलाई दोस लाउन मिल्छ सजाय दिन मिल्दैन !