जीवनका साना साना घटना हरुले कहिलेकाहीं ठूल्ठूला महत्व बोकेका हुन्छन !साना साना ब्यबहारहरुले आउने दिनका ठुला ठुला सम्भावनाको रहस्य तिर संकेत गरिरहेका हुन सक्छन !त्यस्तै साना तिना द्वन्द हरु सम्हाली नसक्नु कलहको सुरुवात पनि बन्न सक्छन !जे पनि सानै बाट ठूलो हुन्छ !एकैपटक ठूलो भएको कुरा कि त कृत्रिम हुन्छ ,कि अस्वाभावीक !एक एक जोडेर हजार हुन सक्ने सम्भावना हुन्छ भन्दा इन्कार गर्न मिल्दैन! तर एकैपटक हजार बाट शुरुभएको कुरा चाहि पक्का लाखमै पुग्छ भन्न अलि गार्हो छ !कारण त्यसको सय वा एक तीर झर्ने बाटो पनि खुला छ !हजार बाट एकैपटक लाखमा पुगेको र लाख बाट तुरुन्तै करोडमा पुगेको उदाहरण जति बढी रहस्यमय र रोमान्चक हुन्छ,त्यत्तिनै त्यसको स्थायित्व माथि शंका गर्ने ठाउं पनि रहन्छ ! प्रत्येक कुरा एकदमै माथि पुगेपछि एउटा यस्तो बेला आउँछ जहाँ बाट तल झर्ने बाहेक त्यसको आर्को बाटो रहँदैन ! माथी पुगिसकेपछि त्यसको रोमान्च सिद्धिन्छ ,उल्टो झर्दाको पट्यार चाही बाकि रहन्छ !अनि रोमान्च जति मान्छेको जन्मजात स्वभाव अनुसार प्रिय कुरो हो,पट्यार त्यतिनै अप्रीय कुरो हो !मानिस स्वभावैले परिवर्तन कामी हुन्छ !उसलाई हरदम हर क्षण नया कुरो हेर्न पाउदा, भोग्न पाउदा रमाइलो लाग्छ !पुरानो कुरा उसको आबस्यकता र बिबशता अनुरुप मात्र उसको प्राथमिकता भित्र पर्छ !नया कुराको प्राथमिकता उसको सूचीमा सधै माथि हुन्छ ! यो चर्चा बाट निकाल्न खोजिएको निष्कर्ष के हो भने -मानिस रोमान्च र नयपान मा रमाउने हुदा उसको जीवनको हरेक पक्षमा ई कुरा आबस्यक छन् !त्यत्तिकै आबस्यक छ यसको सेरोफेरोमा उसको जीवन को ब्यबस्थापन ! रोमान्च र नयापन को निरन्तरता कसरी कायम राखी रहने हो ,त्यसलाई कसरी अगाडी मात्र जान दिएर पछाडी झर्ने सम्भावना लाइ न्यून पार्ने हो त्यसैमा मानव जीवन को सफल ब्यबस्थापन निर्भर गर्छ !