जीवनका आफ्नै नियमीत क्रम भित्र हुने साना तिना घटनाक्रम र उतार चढावमै आनन्द लिने र सहजता साथ तीनका परिणती हरुलाई स्वीकार्दै जाने बानी बसाउन सक्ने मान्छेले न त ठुलो दुर्घटना वा परिवर्तनको कष्ट भोग गर्नु पर्छ !न नै उसले ठुलो रोम्हर्षक आनन्द भोग गर्न पाउँछ ! बाच्नुको आनन्दको भोग त उसले पनि गर्छ !अर्को उदाहरण दिंदा जुवाको खालमा च्याँखे त उसले पनि राख्छ,तर धेरै ठुलो जीत हार हुदैन !जीतको मजा पनि उसले भोग गर्न पाउछ !हारको नमज्जा पनि सहनु पर्छ !तर उसलाई एउटा फाइदा के छ भने टाट पल्टिने अथवा खेलबाट तुरुन्तै बाहिरिनु पर्ने सम्भावना उसलाई कम हुन्छ !खेलको अन्तमा थोरै जिते पनि विजय सुख को आनन्द उसको पनि त्यतिनै हुन्छ जति धेरै जिनेको ! खालेले जुवा मारेर च्याँखे हारेको खण्डमा धेरै च्याँखे राख्नेको हार घर बार,सुन , गाडी हार्ने सम्मको हुन सक्छ ,तर थोरै च्याँखे राख्ने मान्छे त्यस्तो स्थितीमा कुनै हालतमा पुग्दैन !अन्तमा सबभन्दा पछि सम्म रहने मजा त खेलको रोमान्च हो!प्रत्येक पटक कौडा भुइमा लड्दा को रहश्य र आफ्नो दाउ परे नपरेको जान्ने बेलाको मुटुको बढ्दो ढुक ढुकी हों!त्यो दुबैलाई उत्तिकै हुन्छ !दुबैले खेलको उत्तिकै मजा लिन्छन !जीत, हारको आनन्दको गुणात्मक प्रकृति हुन्छ !संख्यात्मक हुदैन !त्यसैले १ नम्बर को फरकले जाँचमा फस्ट हुने र दस नम्बरको फरकले जाँचमा फस्ट हुनेको आनन्दमा दस गुणाको फरक हुदैन ! जीवनका स्वाभावीक र नियमीत घटनाक्रम्मै आनन्द खोज्ने मान्छे त्यसैले बढी सुखी हुन्छ !कम बाजीमा बढी प्राप्त गर्नु जीवनको रोमान्चको सहि ब्यबस्थापन हों ! रामले एस एल सी जाँचको तैयारी गर्दैछ !बिहान लगातार ६ बजेदेखी १० बजे सम्म पढे पछि उसलाई पट्यार लाग्छ !भोक पनि लागिसकेको हुनाले उ खाना त्यसपछि खाना खान्छ !खाना खाएर गेस पेपर हेर्दै उ ओछ्यानमा ढल्किन्छ !केहीबेर हेरे पछि उसका आँखा लट्ठ हुन्छन !उ भुसुक्क निदाउँछ !१२ बजेतीर उसका आँखा झट्ट खुल्छन !मस्तिष्क र शरीर दुवै ताजा भएको महसुस गर्दै उ फेरी पढ्न बस्छ !५ बजे सम्म पढे पछि उसलाई फेरी दिक्क लाग्छ !पढेको कुरा मस्तिष्कले पनि ग्रहण गर्न नसकेको जस्तो उसलाई लाग्छ !किताब राख्छ !चिया आफैं बनाएर खान्छ !साझ पख़ एकचोटी घर बाहीर निस्किएन भने उसलाई छटपटी लाग्छ !उ लुगा फेरेर घरबाट निस्किन्छ !घर भन्दा नजीकको सिनेमा हलमा उसलाई मन पर्ने कलाकारको फिल्म हेर्न उसलाई धेरै दिन देखि जाउँ जाउँ लागेको थियो !हिजो साथि हरुसंग बास्केट बल खेल्न गएकोले हिजो साँझ पनि हेर्न जाउकि जस्तो लागे पनि हेर्न गएको थिएन! साढे ६ देखी ९ बजेसम्म फिल्म हेरेर प्रफुल्ल हुदै घर फर्किन्छ !खानाखाएर लिविंग रूममा जान्छ !बुवा आमा र भाई संग आधा घण्टा जति टि भी मा १० बजेको अंग्रेजी समाचार संगै हेर्छ !अनि विदा माँगेर कोठामा आउँछ !एउटा महत्वपूर्ण च्याप्टर पढ़ौंकी भन्ने सोचेता पनि आज अलि ढिलो भैसकेको जस्तो लागेर भोली साँझ खेलेर फर्किए पछी ७ बजे देखिनै त्यो च्याप्टर पढ्ने निश्चय गरी ओछ्यानमा पल्टिन्छ र अघी साँझ हेरेको फिल्मको घतलाग्दो कमेडी दृश्य सम्झिदै भुसुक्क निदाउँछ !