यो एउटा काल्पनिक परिस्थीतिको उदाहरण हो !तर एउटा सामान्य मान्छेको आफ्नो मुख्य अन्तरबस्तु लाइ धेरै प्रभाव नपर्ने गरी उपलब्ध समय र इच्छाको ब्यबस्थापन गर्ने तरीका यहि हो !यो काल्पनिक दिनचर्यामा प्रमुख पात्रले आफ्नो मुख्य काम पढ्नुको अलावा दिउसो एकछिन सुत्न,खाना खान,परिवार संग समय बिताउन समाचार सुन्न र आफ्नो मन पर्ने कलाकारको सिनेमा हेर्न समेत भ्यायो !तर त्यसको लागि उसले आफ्नो नियमीत समयको ब्यबस्थापनमा केहि परीवर्तन त गर्यो !तर ठुलो परिवर्तन गरेन !साथि संगको नियमीत खेल सिनेमाको लागी उसले त्यो दिन त्याग्नु पर्यो तर भोलिपल्ट देखी त्यसलाई निरन्तरता दिने निर्णय यथावत छ !उसले एउटा मनोरन्जनको सट्टा त्यो समय आर्को मनोरंजन्लाई दियो तर दुबैको बीचमा तात्विक अन्तर भएकोले भोलिपल्ट पनि फिल्म हेर्ने निर्णय गरेन!कारण फिल्म सधै हेर्ने कुरो होइन !सिनेमामा समय बढी लागेको हुनाले उसले आज साँझको पढाइलाई भोलि सारेर र परिवारसंग भेटघाट र समाचार हेर्ने समय एकैपटक पारेर उसले त्यसलाई क्षतिपूर्ती गर्यो !यथार्थमा उसले आफ्नो मुख्य प्राथमिकतालाई धेरै प्रभावित नगरी आफ्नो मस्तिष्कलाइ तरोताजा पार्ने काम पनि गर्यो !अलि अलि काँट छाँट ,अलि अलि अलि तानतुन र अलि अलि फेरबदल गरेर उसले आफुलाई आफ्नो जाँचले पार्ने दवाब बाट मुक्त पनि गर्यो र एक्नासेपन्बाट मुक्त गर्यो !यस्तो ब्यबस्थापन स्वाभाविक ब्यबस्थापन हो !यदि उ बस्ने ठाउँमा त्यो सिनेमा नलागेर उ यस्तो जाँचको बेला यो सिनेमा हेर्न उ अलि टाढा पार्ने मामाघर बस्दै गएको वा भोली पनि सिनेमा नै हेर्ने विचार गरेको भए त्यो अस्वाभाविक ब्यबस्थापन हुन्थ्यो !त्यस्तो ब्यबस्थापनले उसको समस्या एकछिनलाई घटे जस्तो लागेपनि पढाइलाई प्रभावीत गरेर त्यसले दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढी हुन्थ्यो !यो एउटा सामान्य उदाहरण हो !दस वटा या बीसवटा यस्ता उदाहरण बिभिन्न उमेरका ,विभन्न पेशाका ,बिभिन्न प्राथमिकताका मानिसको लिएर अध्ययन गरे पनि स्वाभाविक ब्यबस्थापनको सिद्धान्त भने यौटै हो !अस्वाभावीक ब्यबस्थापनको कुनै सीमा र नियम हुदैन !