दाम्पत्य जीवनको स्वभावीक रोमान्स पनि यस्तै सानो सानो कुरामा लुकेको हुन्छ !उमेरको उकालिले चालिसे पार गराउंदा ,सन्तान को लालन पालन को मिठो टनटामा कहिले कहीं तितोपन मिस्सिंदा, रोजीरोटीको व्यबस्थाको झमेलाले दिक्क पार्दा अनि यौटै किसिमको जीवन चर्यामा लामो समय बिताउनु पर्दा रोमान्स कहिले कहीं कतै हराए जस्तो लाग्छ !मान्छे स्वाभाविक ब्यबस्थापनको बाटो बाट हिंडीरहेसम्म यो हराउदैन ,हराए पनि मिस्प्लेस मात्र भएको हुन्छ र खोज्दा भेटिने सम्भावना रहन्छ ! निरन्तररुपमा दाम्पत्य को लागी सबभन्दा महत्वपूर्ण तत्व रोमान्स को ब्यबस्थापन लाइ मान्छेले जरुरी नठानेर वा नबुझेर ध्यान दिएन भने पछि उ एक्कास्सी अत्तालिएर अस्वाभाविक बाटोमा लागेर नक्कली साँचो बनाउन पट्टि लाग्न सक्छ ! घरको पर्खाल भित्र नखोजेर मान्छेले जब रोमान्स लाइ भट्टीमा र होटेलको कोठा या कोठीको अधकट्टीमा खोज्न थाल्छ उ कुहिरोको काग जस्तो हुन्छ !न अगाडिको बाटो देख्छ ,न फर्किने बाटो भेट्छ !रोमान्सको सक्कली र बहुमूल्य साँचो चाही घरकै कुनातीर उपेक्षित भएर थन्किरहेको हुन्छ !कहिले स्त्री बाट त कहिले पुरुषबाट अनि कहिले दुवै जनाबाट यो उपेक्षित हुन्छ ! जब स्त्री हरुले दाम्पत्य सुरक्षीत भएर बैंक को लकरमा बसेको भ्रमले बच्चा पाएपछि यौनको सार्थकता देख्दैनन ,शरीरको छरितोपन र शारिरीक र मानसिक सुन्दरतालाई सके सम्म मलजल गरेर जोगाइ राख्ने आबस्यकता देख्न छोड छन् ,त्यहीं जोखीम बढ्छ! कारण सृष्टीको सबभन्दा बलियो र रमणीय तत्व हरुमा तिनको गन्ति हुन्छ !अर्कोतीर पुरुषले जब घर परिवारलाई दिनु पर्ने समय र श्रीमतीलाई ब्यक्त गर्नु पर्ने माया ,कृतज्ञता र प्रशंसा को महत्व भुल्छ त्यहीं जोखिम बढ्छ! कारण सृष्टी ले उसलाई नेतृत्वमा कायम राख्न दिएको सक्तिनै त्यहि हो !पैसामा पनि त्यो शक्तिको किनबेच हुदैन !पैसाले किनिने बेचिने त सृष्टीले सिर्जेको मानिसले बनाएको जलप मात्र लगाएको नक्कली गहना हो , सृष्टीले सिर्जेको २४ क्यारेटको रोमान्स रुपी गहना होइन !, !पल्लो घरमा हरेराम मास्टरको परिवार बस्छ !मास्टर साहेब स्कूल बाट समयमा घर आउछन ! एक छिन छोरा छोरी लाइ आफैं पढाउँछन् !त्यसपछि श्रीमती र छोरा छोरी समेत लिएर बजार जान्छन !बजारमा श्रीमान श्रीमती मिलेर छानी छानी तरकारी किन्छन !घर फर्किएर भान्सामा दुवै श्रीमान श्रीमती मिलेर ख्याल ठट्टा गर्दै ,पाकेको कुरा चाख्दै खाना बनाउछन!राती टीभी को कार्यक्रम हेर्दा हाँसेको आवाज अली अली बाहिर सम्म सुनिन्छ !हरेक शनिवार परिवारै घुम्न अथवा राम्रो सिनेमा लाग्दा सिनेमा हेर्न जान्छन !शहरमा लागेको एउटा पनि मेला वा प्रदर्शनी उनीहरु छोड्दैनन !