खै कहाँछ रोमान्स?………………………………………..५

बर्षमा २-३ पटक  अथवा लामो छुट्टी हुँदा  मास्टरनी माइत जानछिन!माइतबाट फर्केपछि त मास्टर मास्टरनीको हिंडाई बोलाइ नै फरक हुन्छ !चखेवा चखेवी जस्तै मस्किन्छन एक अर्का संग !त्यत्रा वडामा छोरा छोरी भएकी मास्टरनी लाइ पनि के लाज नलागेको १६ बर्षे तरुनी जस्तो मस्किन !तर अरु संग मस्केको होइन क्यारे …आफ्नै पोइ संग हो !ठिकै छ !अरुबेला पनि दुवै जोइ पोइ चिटिक्क परेर हिड़छन्!दुइजना हिडेको बाटै अत्तरको बास्नाले गम्किन्छ !मास्टरनी हसिली पनि छन् !यसो आँखा जुधी हाल्यो भनेपनि मुसुक्क हासेर दुइ चार वचन नबोली हुन्न उनलाई !यस्तै फरासिली भएर त होला महिला बचत समूह स्थापना भएदेखी गाउँ भरीका महिलाहरुले सधै उनैलाई संयोजक छान्छन !—–अगाडिको ठुलो घर का मालिक मालिक्नी दुवै पढे लेखेका !दुवै आ आफ्नो अफिसका हाकिम रे !यौटै छोरी ,त्यै पनि पढ्न होस्टेल बस्छे !कहिले कहिँ छुट्टीमा एक दुइ दिन देखिन्छे !दुइ जना बस्न त्यो घर पनि किन त्यत्रो ठुलो बनाको होला ?नोकर चाकर पनि कति ?एउटा ….त्यो ड्रेस लाउने पाले ….त्यो उत्ताउली अधबैसे चाहि भान्छे…..मान्छेलाई मान्छे गन्दीन !..अर्को लामो कपाल पालेको ड्राइभर !स्वास्नी चाहिंको गाडी हाक्छ !लोग्ने चाहिले त आफ्नो गाडी आफै हाकेको देख्छु !साँची अरुबेला कहिलेकाहीं देखिने र राती पार्टी भा बेला मान्छे ओसार्ने अनि लोग्ने चाहिले बेस्करी धोकेर आएर ढोकामा ढ्यांग ढ्यांग र ढुंग ढुंग गरेकोबेला आर्को एउटा अधबैसे ड्राइभर ले पनि त गाडी चलाएर ल्याउछ नि !छ्या त्यस्तो बेलामा ठुलो मान्छे भएर पनि कस्तो मुख छोड्न सक्ने त्यो घरको  मान्छे ?सुन्दै लाज लाग्ने शब्द हरु कसरी आ होलान मुखमा !एए झन्डै बिर्सेकी त्यो बुढो माली पनि त छ नि !पुजा गर्न फूल माग्न जादा पनि आधा अजुली दिएर पठाउछ !कत्तींन उसकै जाने जस्तो !बरु बेच्ने भए भन्नु नी पैसा दिएर किनौला!लोग्ने स्वास्नीको भेट उही ढीलो राति र बिहान त होलानी !एउटा आउदा अर्कोको निस्किने बेला भैसक्या हुन्छ !पार्टी  पनि कत्ति हुने होला त्यो घरमा त ?कहिले लोग्नेको पार्टी त  कहिले स्वास्नीको !रात भरि ठुल्ठुलो बाजा बजाएर सुतनै दिदैनन मोरा  मोरी हरु !फेरी त्यो बीच बिचमा ठुल्ठुलो स्वरमा  झगडा भा जस्तो के हो नि त्यो?पार्टी नभा दिन पनि शान्ती हुने त होइन !लोग्ने स्वास्नी लाइ कसले छुट्टयाई देओस ?आजै पनि भर्खरसम्म मुख छोड़ा छोड गरेर बाझ्दैथिये !हुनपनि लोग्ने जहिले पनि बाहिर बाट टन्न धोकेर आए पछि कसले सहन्छ ……!यसो झगडा का बेलाको कुरा सुन्दा त बाहिर अर्की राखेको छ कि क्या हो ?….त्यती राम्री स्वास्नी घरमा हुदा हुदै …छिल्लेको मोरो !हुन त स्वास्नी पनि कहिले घर बस्छेर ?कि आफु कहाँ पार्टी कि अरुकाहा …..झगडा गर्न मात्रै त ईनिहरु घर आउछन !……आ जेसुकै होस् आफुलाई के ?सुत्छु बरु ..मेरा न आमा पटिका न बाऊ पट्टिका ……………………………!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s