फराक्का सम्मको कुरा गरे पछि अब सुन्दरबनको डेल्टा र बंगलादेशी दह हुँदै गंगालाई लक्ष सम्म पछ्याउनै पर्यो !भन्छन बुढेशकाल लागे पछि मान्छे फेरी केटा केटी जस्तै हुन्छ !हुन पनि सृष्टिको महत्वाकाँशी सन्तान मान्छेको स्वभाव यसपछि द्वन्दप्रधान समन्वय भन्दा समन्वय प्रधान द्वन्दको हुदै जान्छ ! शारीरिक भन्दा भावनात्मक संवेगहरु स्पस्ट र प्रबल हुदै जान्छन !सबै प्रति सम भाव र सद्भावनामा उसको लगाव बढ्छ !आफ्नो जन्मको सार र रहस्यको ज्ञान प्रति उसको ध्यान बढी जान थाल्छ ! !सृष्टि को पुल्पुलिएको सन्तान मान्छेले यो अवस्थामा सृष्टी को त्यस कृपा र सृष्टि सुखको आनन्द भोगमा साथ दिने आफ्नो/आफ्नी जीवन साथि/संगिनी प्रति कृतज्ञता भाव बढेको महसूस गर्छ !निकटता र प्रेमपूर्ण सुम्सुमाइ मात्र पनि जवानी र प्रौढ अवस्थाको छेड छाड र प्राक क्रिडाको आनन्द अनुभूति दिन काफी हुन्छ भने ,यौटै सिरक भित्रको न्यानो प्रेमपूर्ण अंगालो पनि पहिलेको ज्वार भाटा जस्तो सम्भोगको क्षतिपूर्ती गर्न सफल भए जस्तो लाग्छ !पति/पत्नी एक आर्काको प्रयोग र प्रयोजन को लागि मात्र होइनन प्राकृतिक साथि पनि हुन भन्ने कुरा प्रष्ट हुन्छ ! हिन्दु धर्म अनुसार पुनर्जन्मको सारथिको महत्व र आफ्ना अधुरा आकांशा पूरा गर्ने भ्रम बाट उन्मुक्ति पाएका हरुलाई साथि पनि लाठि पनि अन्तमा दम्पति आफै हुन भन्ने दिब्य ज्ञान प्राप्त हुन्छ !यस अघि सम्म सृष्टि कर्ताले आफ्नो सृष्टि रक्षा को लागि उनीहरुमा बुढेशकालका लाठि सन्तान भएको जुन भ्रम फैलाएको हुन्छ, त्यो मानिसको सन्तुष्टीको ठुलो लाठि बन्न सक्छ बुढेसकालको होइन भनेर जति छिटो बुझ्यो त्यति राम्रो !कारण फेरी सृष्टि कर्ताले त्यहि भ्रममा उनीहरुका सन्तानहरुलाई पनि पार्न भ्याई सकेको हुन्छ ! अब शारिरीक भन्दा पनि मानसिक संवेग हरु बढी तिखा हुन्छन !यौन र सम्भोग को प्रतिनिधित्व माया र प्रेमका संवेग हरुले गर्दैजान्छन !त्यो स्वाभाविक पनि हो !किनकी शरीरको र मनको विकासक्रम यौटा निश्चित समयदेखि अलग अलग गतीमा हुन्छ !त्यो समय पछि मन भन्दा शरीर छिटो बुढो हुन्छ !तर मानिस आफैंले जीवनको नस्वर अर्थात नासवान प्रक्रीती बुझेर मनलाई बुढो पार्ने बानि बसाल्छ !त्यो अर्कै कुरो हो! चेतना अर्थात होस नहराएसंम, डिमेंसिया,अल्ज्हैमर्स जस्ता मस्तिस्क्का रोगहरुले ग्रस्त नपारेदेखी मानिसको बौद्धिक विस्लेषणको क्षमता यसबेला बढी हुन्छ !नया कुरो सिक्ने शक्ति चाहिं कम हुन्छ !यसलाई चिकित्सा शास्त्रको सिद्धान्त बाट हेर्ने हो भने सोच र चेतन सम्बेग्लाई ग्रहण गरी संस्लेषण गर्ने मस्तिष्कका कोष हुने ग्रे म्याटरमा उमेरको कारणले क्षय हुदै गए पनि प्रयोगको लामो निरन्तरताले मस्तिष्कको कार्य शक्तिमा सकारात्मक प्रभाव पनि पार्छ !तर केहि असाधारण व्यक्तित्वका मानिसले विशेष अवस्थामा बाहेक यो उमेरको मानिसले आफुलाई अध्यात्म हुदै मृत्युको पर्खाई तिर धकेल्छ ! स्त्रीमा यो प्रवृति अत्यन्त प्रखर रूपमा प्रौढ अवस्था देखिनै बिकाश हुन थाल्छ !सामान्यतया, उपयुक्त प्रयोजनको लागि उपयोग गरियो भने यो विकल्प पनि उचित विकल्प हो !त्यस्तो उपयुक्त प्रयोजन भनेको मानिसलाई इश्वरत्वको नजीक लाने हो! यो प्रयोजन रोजे पछि तात्विक रुपमा जोगी र भोगीको बाटो यौटै हुन्छ !!आत्मा मात्रै अमर छ , मन र शरीरको तुलनात्मक बिकाशक्रम जे भए पनि दुवै नासवान छन् !त्यसैले बुढेशकाल छिप्पिदा,स्वच्छ पानीले भरिएको तलाउमा पुर्णिमाको चन्द्रमाको सुन्दर प्रतिछाया देखिएजस्तै ,संसारीक सत्यको सुन्दर पोखरीमा मानिसको मनको स्वच्छता टल्कीएर उ जन्मिदाको अबोध र निरपेक्ष अवस्थामा पुग्यो भने उसको जीवन चक्र सफलता पुर्वक पूर्ण हुन्छ !