जोगी र भोगीको यौटै बाटो ……………………………………..१

नारी र पुरुष बीच अन्तरनिर्भरसिल सम्बन्धले एक आर्काप्रति लागू पदार्थ सेवन गर्नेहरुको तलतल अथवा बच्चामा भिडिओ गेमको व्यसनले पैदा गर्ने छटपटी जस्तै रुप धारण नगरेसम्म र  त्यस्तो अन्तनिर्भरशिल सम्बन्ध स्वार्थको हदसम्म विकास नभएसम्म त्यो सम्बन्ध आफ्नो शिखरमा पुगेको हुदैन !साथि र लाठीको खोजीले एउटा सतर्कता को स्थिती सम्म त  मान्छेलाई पुर्याउछ !तर पूर्ण परनिर्भरशीलता सम्म पुर्याइसकेको हुदैन !दुइ जनाको परनिर्भरशील स्वभाव एक आर्काको पूरक भएपछी त्यसैलाई अंतर निर्भरशीलता भनिन्छ !दुइ अलग अलग प्राक्रीतिक स्वभाव बोकेका मानवहरुमा सम्बन्धले यो उचाई नाछोएसंम त्यसको पूरा रुप प्रस्ट पनि हुदैन !प्रौढ अवस्थाको अपरान्ह जब बुढेशकाल को सन्ध्याको संघारमा पुग्छ तब मात्र स्त्री पुरुषको अंतरनिर्भरशील सम्बन्धको सुन्दरता पूर्णिमाको चन्द्रमा जस्तै शीतलता बोकेर उदाउँछ !त्यसपछि सम्बन्धको निरन्तरतामा  द्वन्दको अनुपात  घट्दै जान्छ र समन्वयको अनुपात बढ्दै जान्छ !एक आर्काका आबस्यकता र प्राथमीकता स्पस्ट भइसकेको हुँदा नबोली धेरै कुरा बुझिन्छ !महत्वाकांशाका उडान हरुले बिश्राम पाउने र निरन्तरताका स्वभावहरु आफ्नो मौलिकता साथ सक्रिय रहने जीवनको यो उत्तरार्धमा दाम्पत्यको निस्वार्थ चरित्र जति प्रबल र  बढी स्पष्ट हुन्छ त्यती यसअघि कहिल्यै भएको हुदैन !द्वन्दमय समन्वयको अनुभव  छाँगो खसेर दहमा मिसिएको दृश्य हेर्दाको आनन्द जस्तो हुन्छ भने समन्वयमय द्वन्दको चरित्र दह बाट निस्केको नदीको नागबेली बहाव हेर्दाको जस्तो हुन्छ ! रोमान्स सधै जस्तो मत्वपूर्ण आधार  भै रहन्छ  !तर  रोमान्सको श्रोत र स्वरूपमा भने व्यापक परिवर्तन आउँछ !रोमान्स ले आध्यात्मबादी स्रोत खोज्यो भने यसले श्रीमदभागवतपुराणमा भगवान र गोपिनी बीचको   रासलीलाहरु वा प्रभूको बुझिनसक्नु रहस्यको स्वरूप लिन्छ !म्यारीजबादी श्रोत खोज्यो  भने टनेला र टिप्लुको स्वरूप लिन्छ !राजनैतिक श्रोत छान्यो भने राजनितीक नियुक्तीको स्वरूप लिएर झुन्डिन्छ! अनि परिवारवादी स्वरूप लियो भने नाती नातिनीका बाल्य चंचलताको स्वरूपमा प्रकट  हुन्छ  !अनि पुरुषार्थबादी स्रोत लियो भने आफ्नो अन्तिम पुरुषार्थको लालसामा बगीरहन्छ! जे भए पनि दाम्पत्य अपरिहार्य भएको अनुभव यो समयमा सबैले गर्छन भन्ने मेरो मान्यता छ !जोगी या भोगी सबैले दाम्पत्य आफ्ना सबै गुण ,अबगुण र स्वरूपसहीत मानव समाजको सबैभन्दा महत्वपूर्ण र आबस्यक संस्था भएको यथार्थलाइ यो बिन्दुमा आएर स्वीकार गर्ने पर्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s