साथि र लाठीको खोज ………………………………….१

मानव जीवनमा उमेरले ल्याउने परिवर्तन भन्दा अर्को ठुलो परिवर्तन सामान्य परिस्थितिमा कुनै छैन !शारिरीक रूपमा पनि र मानसिक रूपमा पनि !प्रकृतीको सामान्य सिद्धान्त पनि यही  हो !हिमालयबाट निस्केको नदी आफ्नो यात्राको सुरुमा स्वच्छता र स्निग्धताको अनुपम उदाहरण हुन्छ !हीम नदीको रूपमा रहुन्जेल त त्यसको गति पनि कम हुन्छ !त्यहाबाट अगाडी बढेपछि त्यसले गति पनि लिन्छ !बहावमा तेजी पनि आउँछ !त्यसमा शक्ति पनि बढछ !त्यसको साथ् साथै बिभिन्न ठाउं बाट बग्ने क्रममा त्यसले ती ठाउँको प्रदुषण लाइ पनि समेट्दै जान्छ,अरु साना ठुला नदीलाई साथ लिएर आफ्नो शक्ति पनि बिस्तार गर्छ ! गंगोत्री बाट ऋषिकेश हुदै हरिद्वार सम्मको दूरीमा” गंगा” मा धेरै कम परिवर्तन आउँछ !त्यहाँ सम्म यसमा केवाल तेज हुन्छ तर  प्रदुषण धेरै कम हुन्छ ,एक किसिमले हुदै हदैन भन्न मिल्ने गरी !हरिद्वार बाट अलाहाबाद र  अलाहाबाद बाट बनारस र पटनाको आसपास हुदै कोलकाता को आसपास पुग्दासम्म गंगामा एकातीर साना ठुला नदी मिलेर पानी थपिन्छ, आर्कोतीर थुप्रो प्रदुषण पनि जम्मा हुन्छ !हरिद्वार देखि अलाहाबाद सम्म बग्दा र अलाहाबादको त्रिवेणीमा संयुक्त र पूर्ण भएदेखी फराक्कासंमै यसले सिंचाई पनि गर्छ ,बिद्युत पनि उत्पादन गर्छ तर तेज भने घट्दै जान्छ !फराक्का भन्दा उता यो” पद्मा” नाम फेरेर जब बंगलादेश छिर्छ ,त्यसपछि यो गंगा हो की हजारौं पोखरी मिलेर बनेको दह हो भन्न गाह्रो हुन्छ !मान्छेको प्रौढ अवस्था मान्छेको जवानी र बुढेशकाल बिचको त्यस्तो समय हो जहिले मान्छेमा जोश पनि गएको हुदैन !होस पनि बल्ल आइसकेको हुन्छ ! मानिसको प्रौढ अवस्थाको तुलना मलाइ अलाहाबाद देखि फराक्का सम्मको गंगा जस्तो लाग्छ !१० -१० बर्षको फरकमा मान्छेले आफ्नो रुप र सोचमा ब्यापक परीवर्तन आएको अनुभव गर्छ !पचास काटेपछि बल्ल मान्छेलाई मृत्युको अस्तित्व बोध हुन्छ अनि एउटा भरपर्दो लाठी र साथीको आबश्यकता पनि महसूस हुन थाल्छ   !त्यो भन्दा अघि उसलाई आफु एक्लै  माथी जुन अतिरन्जीत बिश्वास हुन्छ ,त्यसले यथार्थको कसीमा जाचिन खोज्छ !रोगको डर ,भोग सिद्धिने डर ,सबैले मिलेर उसलाई कम्जोर बनाउन खोज्छन !तर उ कम्जोर भएँ भनेर स्वीकारी हाल्नु पर्ने अवस्थामा पनि हुदैन !कारण मेरो बिचारमा उसको सबभन्दा उत्पादनशील उमेरनै यहि हो !यस अघिको शारिरीक सक्षमताले उसले जे रोप्छ त्यो फल्ने बेला यहि हो ! शारिरीक क्षमतामा अलिक ठहराव आउन शुरु भए पनि बौद्धीक स्रीजन्सिलता भने  यो समयमा बढी हुन्छ !नया कुरो उसलाई अब सिक्न गार्हो हुन्छ !तर सिकेको कुराको उपयोग गर्ने भरपूर क्षमता उ संग यही समयमा हुन्छ !उसले साथी र लाठीको प्रयोग गरी हाल्नु परेको हुदैन तर त्यो आफुसंग आफुले खोज्दा भेट्ने ठाउँमा भएको आभाषले उसलाई मानसिक शक्ति र तन्दुरुस्ती दिन्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s