यो बेला त्यस्तो आभास मान्छे लाइ दिन सक्ने मानव सम्बन्धका दुइवटा ससक्त पक्ष हुन् – सन्तान र दाम्पत्य !सन्तानको उपस्थितीको आभास लाठीको उपस्थितीको आभास हो ! पति/पत्नी को उपस्थितीको आभास साथीको उपस्थितीको आभास हो !बौद्धिक धरातलमा आउने परिपक्वता र अध्यात्म प्रति जस्तै नास्तिक्को पनि यो बेला देखि बढ्ने रुची यो उमेरका बिशेषता हुन् ! उ आफ्ना बाल्यकालका साथी हरुलाई पनि पहिले भन्दा अब बढी सम्झिन र खोज्न थाल्छ ! रजस्वला रोकिने र हार्मोन को सन्तुलनमा पनि व्यापक परिवर्तन आउने भएको हुनाले स्त्रीहरुमा त अध्यात्मले अब साथि र लाठि संगैको अर्को महत्वपूर्ण पक्षको ठाउँ बनाउँछ ! धेरैको सोचाइ विपरीत , दाम्पत्यमा यौनको उपयोगको अनुभव यतिखेर बढ्ने हुनाले त्यसको महत्व उत्तिकै रहन्छ !त्यसमाथि पारिवारीक जटिलताहरुबाट उन्मुक्तिको प्रतिफलस्वरूप पनि यौनको गुणात्मक प्रस्तुती झन राम्रो भएपनि संख्यात्मक हिसाबले ठहराव वा गिरावट भने आउन सक्छ!अर्को शब्दमा भन्ने हो भने मान्छेमा यौनको नियन्त्रण भन्दा यौनमा मान्छेको नियन्त्रण बढ्छ !रोमान्सको महत्व मान्छेको जीवनको निरन्तरताको आधारको रुपमा रहिनै रहन्छ !तर यौन बाहेक यसका अरु श्रोतहरुको खोजी पनि मान्छेले गर्न थाल्छ !दम्पतीले स्त्रीको हर्मोनल स्थितिमा आउने परिवर्तन र पुरुषमा अज्ञानताले आउन सक्ने मानसिक हीनताबोधको समुचित ब्यबस्थापन गर्न सके भने उनीहरुको जीवनको यो अपरान्ह अत्यन्त रमाइलो समय बन्न सक्छ !