ओशोलाइ केहीले भगवान रजनीश पनि भन्छन !कसैले आचार्य रजनीश पनि भन्छन !ओशो लाइ मचाहिं व्यक्तिगत रूपमा यस युगकै महान दार्शनिक मान्छु !न त्यस भन्दा बढी न त्यस भन्दा कम!वहांको गीता देखि कुरान सम्म र भक्ति देखि यौन सम्म आफ्नै ब्याख्या छ !गीताको अठारै आध्यायको ब्याख्या मैले सी डी मा ध्यान दिएर सुनेको छु !दोहोर्याई तेहर्याई पनि !वहांको “सम्भोग देखि समाधि सम्म ‘जो मौलिक रूपमा हिन्दीमा ‘सम्भोग से समाधि तक ‘को नामले प्रकाशित छ त्यो पनि मलाई घत लाग्ने चर्चा हो !त्यसले मानव जीवन को यौन पक्षको महत्वको उल्लेख गर्दै सम्भोगलाई समाधिको उत्प्रेरक तत्वको रूपमा स्थापित गर्छ !त्यसमा अन्तरनिहीत भाव मैले बुझे अनुसार मेरो आफ्नै भाषामा राख्दा–” सम्भोगको चरम सुख मानवमा त्यसको लागि आबस्यक पर्ने एकाग्रताको कारण बाट प्राप्त हुन्छ ! त्यसै एकाग्रता लाइ बिस्तारीत गर्न सके मानवको आध्यात्मीक आनन्द कति पूर्ण हुदो हो भन्ने परीकल्पनाले नै शायद पहिलो पटक मान्छेलाई समाधिको संघार सम्म पुर्यायो होला !अर्को अर्थमा समाधिको अध्यात्मिक आनन्दको गङ्गा को उद्गम स्थल सम्भोग सुखको गंगोत्रीनै हो !” यसबाट ओशोले के भोगको महत्व लाइ बढी जोड दिन खोजेको हो ?मेरो बिचारमा त्यसो होइन !तर बाटो र जाने ठाउँ (साधन र साध्य )को बारेमा स्पष्ट भयो भने भोगीको भटभटे चढेर पनि जोगीको कुटीमा पुग्न सकिन्छ भन्ने संकेत चाही यसमा उनले गरेका छन् ! !आदम र इभ स्वर्गीय बगैचामा मस्त बिहार गर्थे ,जुन फल मन लाग्यो त्यहि खान्थे,कुनै रोकटोक थिएन!सांसारीक टनट़ा बाट मुक्त थिए,जीवनको उकाली ओरालीको अनुभव गर्नु परेको थिएन , तर त्यो बैगुनी फल आदमले ईभको आग्रहले खाना साथ् सबै किसिमका टनटा र लंठा सुरु भए, जीवनका उकाली र ओरालीका अनुभव थाहा पाउन बाध्य पनि हुनु पर्यो !एउटा सानो विचलनले कत्रो परिवर्तन ल्याई दियो ,कती उत्पात मचाई दियो !मायाको बादलले आकासलाई ढाक्यो ,भोगको लालसाले धर्तीलाइ छोप्यो !हुनु नहुनु भयो !तर त्यसैलाई अर्को दृष्टीकोणले हेर्यो भने त्यसपछि बल्ल बाच्नुको अर्थ स्पष्ट भयो !आफ्नो अस्तित्व सार्थक भयो !त्यस अघि उनीहरु त्यो बगैचाका पाले जस्ता मात्रै थिए अथवा इज्जत राखेर भन्दा पाहुना जस्ता थिए ! त्यसमा उनीहरुको लगानी पनि थिएन,दाइत्व पनि थिएन !अब सृष्टी को साँचो आफ्नै हातमा आएपछि सबै कुराको जिम्मा पनि आफ्नै भयो आर्जन पनि आफ्नै भयो !गुण पनि आफ्नै भयो, दोष पनि आफ्नै भयो !पाहुनाबाट घरका मूली बने ,अनी बगैचा मा के उमार्ने के फलाउने र के खाने भन्ने सोच्ने र लागु गर्ने अभिभारा पनि आइ पर्यो !