भोगीको भटभटेमा जोगीको डेरा सम्म ……………………………………………….२

यी दुइ  बिकल्प दियो भने यी  मध्ये कुन रोज्ने  भन्ने  प्रस्नको जवाफ एकै पटक मा दिन गार्हो छ !पहिलोमा  कर्म को स्थान गौण  छ ,फलको ठाउं सुरक्षित छ !दोस्रोमा कर्मको ठाउँ प्रधान छ ,फलको सुरक्षा अनिश्चित छ ! आफ्नो गन्तब्य के हो ,अभिष्ट के हो ,त्यसैमा यसको उत्तर निहित छ !फल खानु अघि सृष्टि आफ्नो सम्पूर्ण अस्तित्व बोकेर उपस्थित भएको कतै देखिदैन !फल खाएपछि सृष्टी बाहेक अरुको कामै छैन !सृष्टीको काम बनाउने मात्र हो भन्ने कतिलाई भ्रम परेको होला !बनेको कुरा बिग्रिनु अनिवार्य भएकोले सृष्टीको काम बनाउने मात्र होइन उपयुक्त समयमा त्यसलाई बिगार्नु पनि हो र आफ्नो महत्व कायम राखी राख्न फेरी  बनाउन थाल्नु पनि हो !उपद्रव ,ताण्डव भन्ने शब्द यहि बनाउने ,बिगार्ने ,फेरी बनाउने सृष्टीको प्यारो खेल लाइ ब्याख्या गर्ने शब्द हुन् !सृष्टिलाई पनि आफ्नो निरन्तरता र सन्तुष्टीको लागी रोमान्स चाहिन्छ र उसको रोमान्स यहि बनाउने ,बिगार्ने र फेरी बनाउने खेल भित्र लुकेको छ !त्यसैले त भगवान श्रीकृष्णले गीतामा अर्जुनलाई एकातिर बाट खाँदै गरेको र अर्को तीर बाट उकेल्दै गरेको विश्वरुप देखाएको कुरा उल्लेख छ !त्यस बाहेक गीताका सबैजसो अध्याय हरुमा प्रत्येक अस्तित्व  नश्वर अर्थात अबस्य नास हुने र फेरी अर्को रुपमा उत्पन्न हुने भएकोले त्यसमा धेरै घोरिने भन्दा आफ्नो स्वभाव र जिम्मेवारी भित्र पर्ने कुराहरुलाई निरन्तरता दिने कार्य सहि भएको वर्णन छ !सृष्टिकर्ता आफूमात्र यौटै रुपमा स्थायी भएको र सृष्टिले  पनि आफ्नो रुप परिवर्तन गर्दै अनि आफूभित्र रोमान्स लाइ प्रयोग गर्दै आफ्नो अस्तिव कायम राख्न बाध्य हुनु परेको कुरा आदम र ईभ को उदाहरण बाट पनि स्पष्ट छ !फल खानु अघिको आदम र ईभ को रुप सृष्टिकर्ताको रुप हो अनि फल खाए पछिको रुप सृष्टिको रुप हो !त्यसैले नश्वर अस्तित्व भएको मानिसको अघिको प्रस्नको उत्तर पछिल्लो बिकल्पको पक्षमा हुन्छ !कारण सबैले बिकल्प रोज्दा आफुसंग मिल्दो चाहिं रोज्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s