तर मानिसको बाध्यता त्यो हो भने उसको अन्तीम इच्छा र अभिष्ट त स्थायी शान्ति र नैसर्गीक आनन्द नै हो !त्यसै कारणले उसको तत्कालीन प्राथमिकता अघिको प्रस्नको दोस्रो बिकल्प भएपनि अन्तिम परिकल्पना सृष्टिको नियन्त्रण बाट माथि उठेर सृष्टिकर्ताको रहस्य र स्वभाव बुझ्दै सृष्टिकर्ताकै स्वरुपमा पुग्ने हो !भौतिकबादीहरुले रहस्य र स्वभाव बुझे पछि आफैं त्यसको स्थान ग्रहण गर्ने अभिष्ट राख्छन भने अध्यात्मबादीहरुले रहस्य र स्वभाव बुझ्दै त्यस्मैं एकाकार हुने अभिष्ट राख्छन !दाम्पत्य जीवनको अभिष्ट पनि त्यसको बाटो बाट सांसारीक बन्धनबाट मुक्ति पाउने नै हुन्छ !त्यो भनेको उही “भोगीको भटभटे चढेर जोगीको डेरामा जाने ” तारतम्य नै हो !तर मानिसले सधैं सोचे जस्तो हुदैन! “म ताक्छु मुढो बन्चरो ताक्छ घुड़ो “भने जस्तै मानिसका सपनाहरु कहिले कहीं हावा हुरीले बढारेर लैजान्छ !………………सुनसरी जिल्लाको चादबेला गाउँमा जन्मे बढेको रामहरी २३ बर्से उत्साही तन्नेरी हो !सानै उमेरमा बाबु मरेको टुहुरो कान्छो छोरो रामहरी लाइ एक्लै छोड्न नसकेर उसकी बुढी आमाले उसको साथ छोड्न सकिनन् !पोहोरसाल रामहरीको बिवाह गरि दियिन!अहिले एक महिनाको छोरो पनि बुहारीको काखमा छ !तर आफ्नो र कान्छो छोरोको अंशमा परेको समेत जोडेर जम्मा दुइ बिघा जमीनमा भएको उब्जनीले आफैं खेती गर्दा बल्लतल्ल वर्षमा खान त पुग्छ !तर मरमसला किन्ने ,लुगाफाटो किन्ने र चाडबाड मान्ने पुग्दैन !आमा बुढी हुदै गएको ,र बिबाह पछि बच्चा पनि जन्मिएर बढेको जिम्मेवारीले रामहरीको मनस्थितीलाइ पनि ठुलै झड्का दियो !त्यसैले उसले इटहरी को म्यानपावर एजेन्ट मार्फत कुरा चलायो कतार जाने !कुरो आएर अड्कियो उही पैसामा आएर !अन्तमा आफ्ना भबिस्यका रंगीन सपनाहरुमाथी अझै एक दुइ रंग थपेर उसले आमा र श्रीमतीको चित्त बुझायो अनि इनर्वा माल्मैं गएर नहर पट्वी दुइ बिघा खेतलाई छ्याके साहुको नाउँमा सवा ब्याज रीन तीरे पछी फिर्ता हुने सह्र्त्मा रजिस्ट्रेसन पासै गरेर ऋण लिई कतार गयो बिदेसी कमाईले स्वदेशी घर परीवार सिंगार्न !तर वहाँ पुगेपछि मात्र उसलाई थाहा भयोकी उसको १ वर्षको कमाईले ऋण तिरेर बाँकी दुइ बर्षको कमाईले आफ्नो गाउँ फर्की आफ्नै ब्यबशाय खोली आफु आमा र पत्नीको काख मा पालै पालो खेल्ने र चार वर्षको छोरो र कल्पनाकी छोरीलाई आफ्नो काखमा पालै पालो खेलाउने सपना पुरा गर्न तीन बर्ष को कुरै छोडौं,४ या पांच वर्ष पानी काफी नहुने रहेछ !