जोगीको ………………………………………..६

उदयपुरको  पश्चिमी भेगमा पर्ने कटारीबजार बाट सात ,आठ  किलोमिटर दक्षिणमा पर्ने गाउँ  बेलसोतमामा रीताको जन्म भएको हो ! !आफ्नो घर नजीक हाई स्कूल नभएको र दिनै पिच्छे बेलसोत देखि कटारी सम्म खचाखच भरिएको बसमा, उमेर बढ्दै गएकी बहिनीले ढेप्पियेर स्कूल जानू परेको देखेर  बच्चा पाएर  माइत बस्न आएको बेला, ठुल्दिदीले बाबु आमा संग बहिनीलाई पढाउन बेल्टार लैजाने आशय व्यक्त  गरे पछी आमाले एकछिन सोचेर भनिन – तेरो कुरा त ठिकै हो पढ्छे  पनि,तँलाई  साथी पनि हुन्छे !तर एक पटक तेरो बुवा संग सल्लाह गरौ !वहाँले हुन्छ भने जावोस ! !ठुली कि कान्छी नन्दको पनि अस्ती फागुनमा बिहा भयो !सासु ससुरा डाँडा माथिका  घाम जुन  जस्ता छन् !दिदीलाई पनि यसो बोल्ने, बोलाउने मान्छे हुने !बहिनीको पनि पढाइ  नजीक रहेको स्कूलमा हुने….. !बुढा बुढीले राति खास खुस सल्लाह गरे पछि भोली पल्ट २ महीना  माइत बसेर घर फर्केकी दिदीको कोसेली पातको पोको बोक्ने रीता नै भै !दुइटी गाका थियौ,तिन्टी भएर आएछौ कि कसो ? श्रीमती घर फर्केको खुसीमा मग्न भिनाजुले  ठट्टा गर्दै भने !उताको सातको सर्टिफिकेट मगाउनु यहाँ आठमा भर्ना गराईदिन्छु !हेडमास्टर लाइ ट्वाइलेट जाँदा पनि म न भै हुदैन !त्यती पनि नगरे ता …………..भिनाजुले धाक लाउँदै भने ! रीता आठ क्लासमा भर्ना पनि भै,स्कूल पनि जान थाली !शुरुमा अलि अप्ठ्यारो अनि के के नमिले जस्तो लाग्यो !पुराना साथि पनि छुटे ,नया पनि बनी सकेका पनि छैनन् !पछि बिस्तारै बानी पर्दै गयो !साथि पनि बढे ,सहज पनि लाग्दै गयो !क्लासको फस्ट ब्वाई चाहि त्यो कालो कालो  सिकुटे अग्लो केटो रहेछ !नाउँ चाहि किरण रे !बढी फुर्ती, फार्ती पनि देखाउने केटी हरुलाई मान्छे नगन्ने, अलि रिस उठ्दो खालको !मोरालाइ फस्ट भाको घमण्ड पनि  होला !कसैले पछारेर देखाए देख्थ्यो नानीको ताई !त्यो अकड़ र घमण्ड पनि चुर हुन्थ्यो ! मीना .रसिला .नैना बिस्तारै एक पछि एक केटीहरु रीताको मिलनसार स्वभाव बाट प्रभावित हुदै गए र मित्रता स्थापित हुदै गयो !पछी त सारा कलासै परिवार जस्तै भयो,त्यै घमण्डी किरण र त्यसको ग्रुपका बादर स्वभावका चेला चपेटा बाहेक ! !पिकनिक जाँदा ,होली खेल्दा ,नया बर्षको  खेलकुदको कार्यक्रममा हूटिंग गर्दा… साथि हरुको झन् झन् निकट भै रीता !गोरी ,अग्ली ,बोल्नमा छिटी रीताले शिक्षकहरु लगायत     क्लासका सबैलाई छिटै रिझाई !पढाइमा उ सामान्य भन्दा बढी तीक्ष्ण  भएको कुरा उ आफैंलाई थाहा थियो ! टिचरहरुले पनि उसको बुद्धिको तीखोपनलाई एक पछि आर्को गरेर मान्यता दिदै गए !त्यो मोरो फस्ट ब्वाई मात्र बांगीएर हिड्छ !मौका पर्दा नजानिदो छेड पनि हान्छ !कहिले कहीं किन किन रीतालाई महसूस हुन्छ – त्यो क्लासमा रीताको आगमनले उसलाई अलि बिचलित पारेको छ ! अस्तिमात्र नैना संग स्कूल बाट घर फर्किदा बाटामा जंगलको ढेडु जस्तो फुत्त कता बाट निस्किएर हास्दै भन्यो- अहिले क्लास मा फुर्ती देखाउन सबैलाई सजिलै छ !नाउनै न सुनेको के  सोत हो कि पोत गाउँ बाट हिजो आएका हरु पनि छिट्टै हीरोइन भएका छन !फाइनल जाँचमा पो देखिन्छ त नानीको ताई!बर्ष भरिको पढाइ ,एकै पटक पढ्नु पर्दा त्यसैले किचेर मार्ला जस्तो हुन्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s