रीताको गहभरी आँसु भयो !देवी जस्ती आमाको वात्सल्य पूर्ण चासोलाई ढाटेर जवाफ दिने स्थिति आफैले ल्याएकोमा आफैलाई धिक्कार्न पनि मन लाग्यो !वाक वाकी आउला जस्तो भयो !रिंगटा लाग्ला जस्तो भयो !तर के गर्ने ?आवेगले होइन बुद्धिले काम लिनु पर्छ !अब किरणलाई फोन लगाउछु !उसले सोची, अनि सिरान मुनी राखेको मोबाइलमा किरणको नम्बर थिच्न थाली !
किरण !हेर न !मेरो त महिनाबारी नाघेछ !
अनि के भो त ?के … रे ………………. के रे? महिनाबारी नाघ्यो ?के गर्नेत ?
के गर्ने, के गर्ने ?मा पनि छक्क छु !आमाले लख काड्नु भो ?मैले ढाटेर टारे!कति दिन ढाटेर टार्ने अब ?
कति दिन नाघ्यो ?
जति दिन नाघे पनि नाघ्यो !यो नाघेकै हो क्या !पहिले कहिल्यै यस्तो हुदैनथ्यो !
पख !म एकछिन सोचेर फोन गर्छु !
छिटै गर है त !
गर्छु भने पछि गरी हाल्छु नी !……………किरणले फोन राख्यो !किरणले फोन राखे देखि फेरी फोन आउन्जेल ठ्याक्कै एक घण्टा भएछ !रीतालाई यो समय एक बर्ष भन्दा लामो लाग्यो! फोनको रिंगटोन बज्नासाथ उसले झमटीएर फोन उठाई !किरण नै रहेछ !मन ढुक्क भो !सुन….. उताबाट किरण भन्दैथियो !अब ठुलै निर्णय लिने बेला भो !अब त्यसरी हुदैन ! आज बैसाख को ८ गते भयो !मैले बुवालाई राम्रो बिषय लिएर राम्रो कलेजमा भर्ना हुन तयारी गर्नु राम्रो हुन्छ भनेर चित्त बुझाए !भरेको नाइट बस बाट म काठमाडौँ जान्छु !