काठमान्डूको एयरपोर्टमा उत्रेदेखिनै मनमा एक किसिमको रोमान्च छायो !स्वदेशको माटोको सुगन्धले पनि होला ……..घर नजिकै आइपुगेको अनुभूतीले पनि !त्यसैदिन साँझको बिराटनगरको फ्लाइट बुद्ध एयरको फ्लाइट उतैबाट कन्फर्म छ !इन्टर्नेशनल टर्मिनलको लामो प्रक्रिया सिध्याएर डोमेस्टिकमा आउँदा सम्मको थकाइ घर पुग्नु अघिको रोमान्च र शोभाको स्वागत को कलपनाले थाहै भएन!बिराटनगर एयरपोर्टमा प्लेनबाट उत्रिएर इटहरी पुगेको र इटहरीबाट भाडाको मारुती भ्यानलाई गैसार हुँदै चाद्बेला जाने बाटो तर्फ लाग्दा सम्म एक किसिमको नशा जस्तो लागि सकेको थियो !इटहरी ठुलो भएको ,गैसार मा पनि त्यत्रो बिधि घर बनेको अनि गाउँ जाने बाटो कच्ची बाट ग्राभेल भएको केहि सुध्ही बुद्धि नै भएन !खाली शोभाको अनुहार मात्र याद आइ रह्यो !आम्मै कस्तो हीरो जस्तो हुनुभएछ !तपाईं रामहरी होइन ?कता जान लाग्नुभएको ? …………?शोभाको आवाज त अर्कै भएछ !के भाको ?एक्कासी उ यथार्थ दुनियामा फर्कियो कल्पनाबाट !अगाडी निच्च हासेर बाटोको छेउमा छ्याके साहु पो !के छ साहुजी मलाई चिन्नु भएन कि क्या हो ?मैत हो नी !मान्छे चिन्न पनि छाड्नु भयोकि क्याहो …………………?मान्छे त तपैले छिन्न छाड्नु भो !मैले कसरी छाड्ने ?तपाईलाई चिन्न छाडेर मैले जहान छोरा छोरीलाई के ख्वाउने ?पैसा त टनन ल्यौनो भो होलानी कतारबाट !भोलिनै हिसाब मिलाउनु पर्छ है मालमा गएर !सौं ब्याज गरेर चार नाघिसक्यो !कसरी नाघ्छ चार?बेइमान साहु मान्छेता भन्दै थिए बिश्वास नगर्नु भनेर !तपाइंले जग्गा मलाई फिर्ता गर्नु पर्दैन ? शोभा ले तपाइलाई दिएको पैशाको पनि हिशाब गरौँ ,बिहान बरु मेरै घर्तीर आउनुस !तपाईं बहुलाउनु भो कि क्या हो ?कहाँ छ तपैंको घर अब !अस्तिको भैचालो मा तपैकी आमा र छोरो त्यहि घरमा पुरिएर मरे पछि तपैंको ठुलदाइले गाई भैसी पाल्ने गोठ बनाको छ त्यहाँ !अनि कहिले दिई शोभाले मलाइ पैसा !लाज नाभाकी छडुल्ली!चुप लाग छ्याके बढी भएर मुख छोडछस?आर्काकी स्वास्नीलाई ? हुँ………अर्काकी त हो त…………. तेरी होइन क्यारे ?आर्को गाउँ सम्म भा पनि त हुन्थ्यो!हाम्रो इज्जत त बच्थ्यो ! यसै गाउँमा त्यो पनि छिमेकी संग…………………………..कि पोइल गाकी लाइ पनि आफ्नै श्रीमती भनछस ?………………………………………………………………………………………………………….