मानिसले सधैं चिताए जस्तो ठ्याक्क मिल्दैन ,२ ,३ बर्ष बढी दुख गर्नु परे पनि बाटो त ठिकै समतियेकोछ भनेर मनमनै चित्त बुझाउंदै काम गर्न थाल्यो !साथीहरु घर जाँदा घर जान मन लाग्थ्यो तर जाने आउने भाडाले २ महिना भए पनि विदेश जाने समय घट्छ भनेर घर पनि गएन!तर उतै घर भएका साथीहरु घर जाँदा शोभा लाइ कहिले मोबाइल ,कहिले घडी ,शृंगार का समान आदि र छोरालाई यत्रो भयो होला भनी अड्कली ,अड्कली लुगा र आमाको लागी शारी चोलो पठाउन कहिल्यै बिर्सेन!श्रीमतीसँग फोनबाट कुरा हुदा उसलाई एक किसिमको रोमान्च महसूस हुन्थ्यो !मोबाइल आविष्कार गर्न्नेलाई कतिचोटी मनमनै धन्यबाद पनि दियो !शोभाकै सल्लाहबाट आएको सद्बुद्धिले उसले इटहरीको किस्ट ब्याङ्कमा एउटा खाता खोल्न लगायेर जम्मा भएको पैसा पठाउन थाल्यो !हो त त्यो मोरो छ्याके साहुलाई ब्याज ख्वाउने पैसा त घट्छ !अलि अलि गरेर ऋण तिर्दै गयो ,ब्याज पनि घट्यो !उता ब्यांक बाट आउने ब्याज त छदैछ !जसो तसो गरेर सपना ,बिपनामा तन यहाँ मन त्यहाँ गर्दै ६ वर्ष बिते !शोभाको फोन अलि पातलो आउन थालेको छ !श्रीमान्को घर आउने बेला भएको बुझेर होला !बर्सै पिच्छे रामहरीको तलब बढ्थ्यो !तीन वर्षमा त प्रमोशन पनि पायो !अब बसले निक्कै तलब बढाएर अर्को प्रमोशन दिन्छु ,घर न जा भन्दैछ !दोधार पर्यो रामहरी !देशमा शान्ति पनि छैन भन्छन !ब्यबशय पनि जाने बित्तिकै के गर्ने ?घाटा पर्यो भने यही दुखः गरेर कमाएको पनि जान्छ !बरु एक पटक घर जान्छु !बुढी आमाको मन पनि रहन्छ !इटहरीमा साततले मल खुलेको छ भन्छन !शोभालाई आफ्नै साथ् लगेर जे जे चाहिन्छ किनिदिन्छु !छोरो स्कूल जान थाली सक्यो रे !त्यसको बाल्य कालको तोते बोलीको आनन्द लिन पाइएन !अब कखरा आफै पढ़ाउछु,एक महिना भए पनि !अनि आएर एक प्रमोसन त खाने पर्यो क्यार !त्यसपछि इटहरीमा थोरै भए पनि घडेरी लिएर घर बनाउन पैसा पुग्यो भने आफ्नै घरमा दोकान खोल्न मिल्छ !भाडा पनि लाग्दैन !रात भरि सोच्दा सोच्दै सुत्न नपाएकोले बिहान टाउको दुखेछ !तैपनि अफिश गएर बसलाई प्रमोशन स्वीकार गरेको जानकारी पनि दियो !एक महिनाको छुट्टीको दरखास्त पनि संगै थमायो !दुवै स्विक्रीत भए !आखिर अनुभबी मान्छे त कम्पनीलाई पनि चाहिएकै छ !