जोगीको ……………………………………………………………………………….११

गंगबु बस स्ट्यान्डमा उत्रीना साथ वरीपरी ट्याम्पो र ट्याकसी वालाले घेरे !कहाँ जाने तपाई !म पुर्याई दिन्छु !सोझो बाटो !ल ल सामान यहाँ राख्नुस ! रीताले एउटा बुढो ड्राइभर लाइ ठेगाना लेखेको कागजको टुक्रो देखाएर बोल्न लागेकी मात्रै के थिई ,एउटा ट्याकसी आएर उ भन्दा अलि पर अडियो ! एक्कै पटक ब्रेक थिच्दा टायर भुइमा घस्रेको आवाज ले सबैलाई झस्कायो !सवारी साधन का चालक हरुको भीडमा घेरिएकी रीता का आँखा पनि अनायास त्यतै तिर उठे !रीताको आँखा र अनुहारमा हल्का विस्मय अनि बढी खुसीको मिस्रित छनक देखियो !रीताका कदम अनायास त्यतै तीर बढे …..वरीपरिका मान्छेलाई दुवै हातले पन्छाउदै !भर्खरै रोकिएको ट्याक्सीबाट  किरण र उसको काका उत्रिदै थिए !रीताका कदम अगाडी बढ्दै जादा रीता मनमनै सोच्दै थिई !बस पार्कमा लिन आउने कुरो त गरेको थिएन किरणले…काकाको घरको ठेगाना दिएको थियो ! !तै पनि लिन आएछ !साँचो माया यस्तै हुन्छ !सूट टाई मा ठाट्टीएक किरण तीर हेर्दै रीताले खुसि खुसि भनि …..किरण तिमि त लिन आफैं आएछौ नी ?कुरा मिल्यो ?

किरणको ले केहि बोल्न नपाउदै पछाडी उभिएका काका अगाडी आउदै बोले … ………….मिल्यो! हिजै मिल्यो …..! !किरणको बिहाको साइत पनि ठ्याक्कै मिल्यो !मैले मिलाए पछि मिल्दैन ?उ  पछाडी …..ट्याक्सीको पछाडिको सिट तीर देखाउदै काका ले भने ….हिजोको साइतमा बिहा भए पछि किरण संगै  …. घर जान लागेकी बुहारी …!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s