त्यहाँ पुगेर म डेरा खोज्दै गर्छु !त्यसलाई एक हप्ता जति लाग्छ !त्यतींजेल म मेरो काकाको घरमा बस्दै गर्छु ! तिमि १६ गतेको नाइट म़ा चढेर सत्र गते काठमाडौँ आउनु !
काठमान्डू गएर मात्र के गर्ने ?बिहाको कुरो पो चलाउनु पर्यो त अब ! !कती दिन अपराधी जस्तो ढाटेर, भागेर हिड्ने ?
नरिसाउ न !हाम्रो हिसाबले त हाम्रो विवाह भएकै छ !मनले पति पत्नी माने पछि भएन बिहा ?तर समाजले मान्ने बिहा गर्न बुवा मान्नु हुन्न !काठमाडौँ गएपछि म काका लाइ पनि फकाएर बुवाको चित्त बुझाउन लगाउछु ! जस्तो अप्ठ्यारो पर्दा पनि हाम्रो परिवारमा मेरो कुरा बुझ्ने काकानै हुन्छ !तिमीले पनि त कती पटक देखेकी छौ मेरो काकालाई ! काठमान्डू बाट बेल्टार आउँदा ,धेरै जसो म संगै हिड्नु हुन्थ्यो नी त !
त्यो त बुझे !तर मेरो तर्फ बाट पनि हेर न !बिबाह नभई म यहाँ बाट कसरी हिड्ने ?के भनेर जाने काठमाडौँ ?
यो हामी दुबैको लागि यो असाधारण अवस्था हो !साधारण बेलाको जस्तो कुरा गर्न मिल्दैन !१७ गते तिमि मेरो काका कहाँ सिधै आउनु !काकालाई तिमीले राम्ररी चिनेकै छैन !वहाँलाई चित्त बुझ्यो भने वहाँले तिमीलाई एकै पटक त्यहि दिन जग्गेमा पनि राख्ने अवस्था मिलाउन सक्नु हुन्छ !त्यसैले त म गएको एक हप्ता पछि तिमीलाई बोलाएको! काकाले मेरो कुरा नमानेको र बुवाले काकाको कुरा नमानेको मलाइ याद छैन !
ठिक छ ,म सत्र गते बिहान काठमाडौँ आउंछु !काकाको ठेगाना देउ !
हुन्छ! ल सत्र गते काका कै घरमा भेटौला ! त्यसपछि किरणले ठेगाना भन्दै गयो !रीताले कागजमा लेख्दै गइ ! रीताले १६ गते साँझ घरबाट निस्किने निहुँ पार्न धेरै दुख गर्नु परेन!त्यहि दिन बेल्सोतको हटिया परेछ !तरकारी र नुनतेल हटियाबाट ल्याउन धेरैजसो उही जान्छे !आमाको आँखा आफ्ना एक सरो लुगाफाटो लिएर उ घरबाट ठिक चार बजे निस्किई !आमा घर राम्रो संग हेर्नु है !म हटिया पुगेर आउंछु !यहाँ भन्दा अघि उसको बोली फुटेन !भक्कानो फुट्ला जस्तो भयो !आफ्नै मान्छे कहाँ जान पनि जन्म घर छोड्न सारै गार्हो हुदो रहेछ !हुन्छ जा !ए सुन… अलि छिटै आउनु नी !झमक्क साँझ नपार्नु !दिनकाल ठिक छैनन् !बारीमा कुटोले मकै गोडदै गरेकी आमाले भनिन ! गहभरी आँसु बोकेर हटिया भन्दा वरै बस लाग्ने ठाउँमा पुगी !बस पनि उ पुगेको एकै छिन पछि आयो ! यताउती हेर्दै बसमा चढी!कन्डक्टर ले सोध्यो …कहाँ सम्म जाने ? काठमाडौँ …रीता बोली !ल त्यसो भए उ त्यो सिटको मान्छे मिर्चैयामा उत्रिन्छ !अनि तपाईं बस्नु त्यो सिटमा !खै ल्याउनुस भाडा …रीताले हटिया गर्न भनी ल्याएको पैसामा आमाको पर्स बाट झिकेको पैसा थपेर दिदै भनि ….हुन्छ !