ऊ संग पहिलो पटक भेट भएको दिन म भैं मा न भाँडामा भएकी थिएँ !एक त त्यत्रो नाम चलेको ,कति पटक सांसद,मंत्री भाको मान्छेको छोरा !त्यसमाथि केटो पनि अमेरिकामा पढेको !उतै काम गर्न थाल्नु अघि बिहा गर्न नेपाल आको उता पढ़नेहरुका त उतै थुप्रो केटी हरु संग संगत हुन्छ भनेर भन्छन ! कोहि केटि भाको भएत त्यसैलाई बिहा गरी हाल्थ्यो होलानी !घरानिया खानदानी भएकै हुनाले त आफ्नै देशमा आयो बिहा गर्न ! उसैको आग्रहमा त्यसदिन हाम्रै घरको लिविंग रूममा आधा घण्टा जति म संग उसको कुरा भयो !मान्छे सारै समझदार र अर्काको तर्फ बाट पनि सोच्ने खालको लाग्यो!पहिलो पटक भेटेको लोग्ने मान्छे संग के कुरा हुन्छ होला र जस्तो लाग्याथ्यो !तर उसको सरलता र फरासिलो स्वभावको कारणले होला ,पहिलो दस मिनेट पछि त उ भन्दा बढी मैं बोलें होला !मेरो कुरा पनि उसले चाख मानेर सुन्यो !पहिले कसै संग मन बसेको थियो कि रे ?मन बसेको भएत उ संग त्यसरी कुरा गरी गरी बिहा गर्न को जान्थ्यो होला ?”आ बैल मुझे मार भने जस्तै “!भागेर भए पनि मन बसेकै मान्छे संग जाइन्थ्यो नि !अनि त्यो के सोधेको होला ? कस्तो लोग्ने मान्छे मन पर्छ भनेर !मैंले पनि आफुलाई माया गर्ने ,आफ्नो मात्र होइन अर्काको पनि सारो गारो बुझ्ने – मेरो मुख बाट अनायासै निस्कियो !मेरो जवाफ ठिकैत लाग्यो होलानी उसलाई !न लागे पनि न लागोस ,मनमा लागेको साचो कुरा भन्दा पनि ठिक न लागे के गर्नु त ?म पनि त एम एस सी सम्म गरेकी हाम्रो समाजमा पढे लेखेकैमा गनिने केटि हुँ !घर खानदान पनि कम होइन !कस्ती घमण्डी रहीछ भनेर त सोच्नु नपर्ने हो !सोच्दैन होला !उसको पनि त मनको कुरा छिटै बुझ्दिनु पर्ने ,उसका इच्छाहरुको कदर गर्दिनु पर्ने जस्ता शर्त छन् नि !घुमाएर भने पनि बुझि हालिंछ त्यति त !उसको पनि ठुलो दोष त छैन त्यसमा !त्यति अपेक्षा त जस्तो सुकै हरिलठ्क केटाको पनि हुन्छ !उसको पनि किन नहोस !जे भए पनि चित्त बुझेको छ !खुसि छु !