कतिबेर म त्यसरी निदाए ,मलाइ याद भएन तर त्यै छोटो निन्द्रामा पनि एउटा मिठो सपना देख्न भने भ्याएछु ! सपनामा उसले मलाइ बिस्तारै हातमा पक्डेर पलंगमा बसाएछ !अनि मेरो आँखा संग आफ्नो आँखा जुधाउन खोजेछ ! मैले आँखा भुइँ तीर फर्काएछु !उसले मेरो चिउडोमा एकदमै हलुका हातले छोएर मेरा आँखा हरुलाई माथि उठाउन खोजेछ !म लाजले पानी पानी भएछु !उसको हलुका फूललाइ सुम्सुमाए जस्तो स्पर्शको अनुभूतीले मेरो शरीर र मन भरी एउटा अनौठो नसा छाएछ !त्यो नसाले रोमान्चित मलाइ त्यसपछि एक्कासी अघि कोठामा ल्याएर छोड्ने ठुली नन्दले घचघचायेर भाउजु भाउजु भनेर उठाएको मात्र याद छ !यतिखेर विउझिदा त्यो मिठो सपनाको प्रभाव र एकैछिन मात्र भएपनि शरीर र मनले पाएको आरामले थकावट अलि कम भएको हुदा बर्सौं अघिदेखि ,अझ भनौ म भर्खर किशोरी हुदा देखि आफ्नो लोग्नेमान्छे संग औपचारिक अधिकारका साथ एकान्तमा बिताउने पहिलो क्षण का कल्पना र सपना हरु नया पालुवा र फूलको सुवास समेत लिएर गम्किन थालेको आभास हुन् थाल्यो !कोठा भित्र पस्ने बाटो छेक्दा दिदी बहिनी हरुसंग बार्गेनिंग गर्ने बिधि पुरा गरे पछि कोठामा आएर भित्र बाट छेस्किनी लगाएर उ म तिर आउंदै गर्दा उसको भौतिक निकटताको आभासले मेरा खुट्टा हरु गह्रौं भएर उठाउनै नसक्ने भए जस्तो लाग्यो !थुक सुक्यो ,जिउ ढक्क जमे जस्तो लाग्यो !मुटुको चाल बढेर दम उठ्ला जस्तो भयो !अंग प्रत्यंग कामे !मनको बगैचाका फूलमा लागेका कोपिलाहरू प्वाट प्वाट फक्रेर एक ,दुइ गर्दै दस ,सय ,हज्जार अनि लाखौँ फूलहरुमा परिणत हुदै गए ! मैले आफुलाई अनायास ती फूल हरुको माझमा पाएँ !
साथीहरुले भन्नु नभन्नु भने !जोइटिंगरे पनि भने ,तर तिमी आइनौ ,कसैले तिमीलाई खाइहाल्थ्यो र ?यो मौका फेरी आउँछ ?म त तिमी पक्का आफैं आउछ्यौ भनेर बोलाउन पनि नआएको !तिमी यो बिहाबाट खुसि छैनौ कि क्या हो ?उसको स्वरमा नजानिँदो रोस थियो ! यो रोस खुसियालीमा मेरो अनुपस्थितीको कारणले उसले महसूस गर्नु परेको एक्लोपनको गुनासो संग सम्बन्धित भए जति सुकै अब्यबहारीक भए पनि त्यो मेरो लागि शिरोधार्य थियो ….तर दुइटा अरु कुरा पनि थिए जसले मेरो मनमा फक्रिदै गरेका फूल हरु हुरी आउँदा हल्लिए जस्तै गरी हल्लिए !एउटा मेरा दुवै पाखुरा लाइ आफ्ना दुवै हातले पक्डेर मेरो अनुहारतिर झुकेको उसको मुख बाट निस्केको रक्सीको दुर्गन्ध अनि …दोस्रो उसको स्वरमा प्रस्ट थाहा पाइने खालको लर्बराहट !एकछिन त मलाइ पहिलो रातमा यसरी रक्सि खाएर म नजीक आउँदा उसको त्यस ब्यबहारले एउटी नवबिबाहिताको मनमा पर्ने असरको वास्ता नगरी उसले मलाइ हेपेको सोचले म मर्माहत भए, अर्कोतिर तुरुन्तै मैले आफ्नो मनलाई बुझाए ….कस्तो संकीर्ण मन मेरो !पश्चिमी मुलुकमा पढेको,खुसीको अवसरमा साथिभाइ संग बस्दा करले पनि एक दुइ पेग खायो होला !के भो त ?यसमा मैले धेरै चित्त दुखाउनु ठिक छैन !मैले उसका दुवै हातबाट बिस्तारै आफ्ना पाखुरा छुटाउदै बिस्तारै भने मलाइ अलि सन्चो भएन ,अनि हाम्रो समाजले बिहाको पहिल्यै दिन पुरुषलाई जस्तो स्त्रीलाई नाच गान गरिहाल्ने स्वतन्त्रता नदिएकोले हो !हजूरलाई अप्ठ्यारो परेकोमा म दुखित छु !