कुमारीको ……………………………….घ .

त्यो दिनको बिशेष महत्वको कारणले अप्रत्यासित रूपमा अप्रिय हुन लागेको वातावरणलाइ सम्हाल्न मेरो यो स्पस्टिकरण ले ठुलै काम गर्नेछ र फेरी हामी सुहागरातको वातावरणको ताल्चालाई मिलेर खोल्न सफल हुने छौं ! म भुइँमा बिछाइएको  कार्पेटको बुट्टातिर हेरेर सोच्दै थिएँ ,उसले अलि पर रहेको दराजबाट एउटा बोतल ल्याएर त्यसलाई बेस्सरी हल्लायो अनि दाँतले त्यसको बिर्को खोल्यो !बन्द भएको पाइप खोल्दा पानीको फोहोरा छुटेझैं त्यसबाट निस्केको फोहोरा म तिर फर्कायो !हेर्दा हेर्दै मेरो अनुहार ब्लाउज र सारी समेत पनि त्यसले भिज्यो !पछि मैले अड्कल लगाएँ त्यो स्याम्पेन हुदो हो !अंग्रेजी साहित्य र फिल्मी दुनियाका कथाहरुमा वर्णन गरिएको खुसीको बेला फोर्ने बिशेष किसिमको रक्सि !तर त्यतिखेर त्यो नसोचेको ब्यबहारले  म लाटाले पापा हेरे जस्तै भएकी थिएँ ! छक्क पनि परें अनि अपमानबोधले मलाई नमिठो पीडा पनि महसूस भयो !उ भने एक्कासी दौडेर म तिर आयो …..मेरो कम्मरको पछाडी आफ्नो देब्रे हात राखेर मलाइ यसरी ढेप्यो कि म उसको देब्रे हातको आड लिएर नउभिए भुइमा उत्तानो पछारिन्थें ! साथसाथै  आफ्नो मुख मेरो अनुहार तिर ल्याउदै उ मेरो कानमा साउती गरे जस्तो गरी भन्दै थियो …जे भयो भयो आज देखि तिमि माथि  समाजको भन्दा  मेरो अधिकार बढी  छ ! अब म जसरी खुसी हुन्छु त्यसै गर्नु ,म पनि तिमीलाई मजा दिन्छु !लेट अस इन्टरटेन इच अदर ! त्यसपछि एक्कासी अलि ठुलो स्वरमा उ चिच्यायो —अनड्रेस ……फास्ट …..ह्वाट आर यु वेटिंग फर …..यु हट नेपाली बीच…….!  .
त्यसपछि उसले जे गर्यो त्यो मैले त्यो किसिमले , त्यो  समयमा  त्यो  तरिकाले उसले गर्ला भन्ने सपनामा पनि चिताएकी थिईन !दायाँ हातले मेरो सारी तानेर मलाइ नंग्याउन खोज्दै देब्रे हातले बेस्सरी मेरो कम्मर पक्डेर उसले आफ्नो दुर्गन्धित सास फेर्दै गरेको मुख मेरो मुखमा जोत्यो !बिजुलीको करेन्ट लागे जस्तो गरेर म उफ्रें !मलाइ नारित्वलाई यती सहजै आफ्नो किनेको बस्तु सरह प्रयोग गर्न खोज्ने अगाडिको त्यो प्राणी अब मान्छे होइन चिडियाखाना बाट भर्खर भागेको जंगली पशु जस्तो लाग्यो ! त्यतिखेर मलाइ थाहै भएन पछि मात्र मलाइ सम्झना भयो..उ बाट मुक्त हुने प्रयास को क्रममा  मैले आफ्नो  घुँडाले उसको छातीमा हिर्काएछु   र आफ्ना दुवै हातले उसलाई यती जोर संग धकेलेछु कि उसको टाउको म उभ्भिएको ठाउं भन्दा १२ फिट जति पर रहेको भित्तामा जोरको आवाज साथ बजारिन पुगेछ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s