युवा अवस्था पार गरेको तर प्रौढ अवस्थामा पनि प्रवेश गरिनसकेको एउटा उमेर हुन्छ जसलाई अधबैसे भनिन्छ ! !साच्चै भन्ने हो भने उमेरको यो वर्गीकरण औपचारीक भन्दा अनौपचारिक हो र शारिरीक भन्दा मानसिक बढी हो ! यो उमेर समूहको आफ्नै बिशेषता हुन्छ !यति वर्ष देखी यति वर्ष सम्मकालाई अधबैसे भन्ने भनेर कुनै औपचारिक परिभाषा दिन सकिन्न !सामान्य शारिरीक स्थिति र मानसिक सोचको हिसाबले ३५ वर्ष देखि ४९ वर्ष भित्र कुनै पनि उमेरमा यो समूहका बिशेषता हरु देखिन सक्छन तर ठ्याक्कै कहिले देखि देखिएर कहिले सकिन्छ र कति वर्ष रहन्छ भन्ने कुराको निर्क्यौल भने मानसिक स्वास्थ्यले बढी र शारीरिक स्वास्थ्यले कम गर्छ !यो उमेर समूहलाई जनाउने” अधबैंसे ” भन्ने शब्द आफैं बोल्छ !एकातिर अध अर्थात आधा बैंस वा यौवनका गुण हरु भएको मान्छे अधबैसे हो, भन्दा पनि भयो अर्को तिर न पुरा बैसको गुण भएको न बैंसका गुणले पूरा छोडेको मान्छे अधबैंसे हो भन्न पनि मिल्यो !शब्दार्थ संग भावार्थ पनि ठ्याक्कै मिल्ने कमै नेपाली शब्दहरुमा यो पनि पर्छ !
दाम्पत्य जीवनको आँखाले हेर्दा यो बेला सम्म बच्चाहरुको जन्म भएर उनीहरु आफैले पनि आफ्ना प्राकृतीक आवस्यकताहरुको सामान्य ब्यबस्थापन गर्न सक्ने बेला भैसक्ने हुनाले दम्पति मध्ये पुरुषमात्र होइन बाल बच्चाहरुको स्याहार सुसारको आफ्नो जिम्मेवारीप्रति अति संबेदनशील भएको कारणले आफ्नै सृंगार र शारिरीक ब्यबस्थापनमा ध्यान दिन छोडेका स्त्रीहरु पनि यो समयमा आफ्नो सुन्दरता ब्यबस्थापनको लयलाइ फेरी समात्न खोज्छन !अर्कोतीर मानसिक रूपमा बढी स्वच्छन्दता बोध पनि यो उमेरमा बढ्छ !यो उमेर आर्थिक आर्जनको हिसाबले अत्यन्त महत्वपूर्ण भएकोले हाम्रो समाजमा धेरैजसो पुरुषहरुले आफ्नो उर्जा लाइ त्यसतर्फ प्रयोग गर्छन भने आर्थिक रूपमा पनि तुलनात्मक सुरक्षा भएकाहरूले आफ्नो उर्जा र आर्थिक क्षमता दुबैको संयुक्त प्रयोग किशोर अवस्था तथा युवा अवस्थामा आर्थिक अभावले पुरा गर्न नसकेका आफ्ना रहर र इच्छाहरुलाई पुरा गर्ने तर्फ प्रयोग गर्दछन !त्यसैले पारिवारीक जीवनमा पनि जिम्मेवारीको भारी हलुको भएका र आर्थिक स्वतन्त्रता र स्वच्छन्दता पनि हासिल गरिसकेका हरु यो समयमा अराजकता तर्फ जाने जोखिम यो उमेरका अति संबेदनशील बिशेषता मध्ये एक हो ! हाम्रो समाजमा महिलाहरुमा आत्मनिर्भरता कम हुने कारणले गर्दा उनीहरु तुलनात्मक रूपमा यस्तो अराजकता तर्फ कमै लाग्छन तर अधिकांश पुरुषहरुमा भने यो प्रबृत्ति अत्यधिक रूपमा बढ्ने समय यहि हो !अर्को शब्दमा नारी पुरुषको सम्बन्धमा यो वर्गमा आउने परिवर्तनको बारेमा कसैले ठोकुवा गरेर भन्न नमिल्ने भएता पनि त्यतिखेरका व्यबहारहरुलाई प्रभावित गर्ने अघि उल्लेख गरिएका अवस्थाहरु र मान्छेको जन्मजात गुण हरु मिलेर उसको यो समयको उर्जा कुन बाटो तर्फ प्रवाहित भन्ने सम्भावनालाई निर्देशित गर्छन !