नारी र पुरुष बिचको सम्बन्ध एक अर्काको विपरीत स्वभाव को कारणले नै झन बढी महत्वपूर्ण हुन्छ !जुन गुण पुरुषमा हुदैन त्यो नारीमा हुन्छ अनि जुन गुण नारीमा हुदैन त्यो पुरुषमा हुन्छ !त्यसैले जुन सुकै रूपको भएपनि पुरुष र नारीको सम्बन्ध एक अर्काको परिपूरक हुन्छ ! नारी पुरुष बिचको सम्बन्ध लाइ तिन किसिममा बाँडेर हेर्दा त्यसको समुचित अध्ययन गर्न सकिन्छ ! पहिलो किसिममा जन्मजात कारणले नभएर जन्मपछि गासिने वा बिकसित हुने सम्बन्ध हरुलाई राखौं ! त्यस्ता सम्बन्ध हरुमा सबै भन्दा पहिले दाम्पत्य को उल्लेख गर्नु पर्ने हुन्छ ! कारण यो सम्बन्धमा मान्छेको र सृष्टिको बराबर स्वार्थ लुकेको हुन्छ !सृष्टि/प्रकृतिले यसको महत्व बढाउन यसमा षडरस पूर्ण रोमान्स को लागि प्रसस्त ठाउँ छोडेको हुन्छ !यो सम्बन्धको अर्को महत्वपूर्ण पक्ष सामाजिक र नैतिक दृष्टिकोणबाट यो किसिमका सम्बन्ध हरु मध्ये सब भन्दा बढी स्वीकार्य नारी पुरुष सम्बन्धको यसको रुप हो !अर्को शब्दमा पुरुष स्त्री बीच जन्म पछी स्थापित हुने नाताहरुमा यो अमेरिकी डलर जस्तो हो !जसको जहाँ पनि स्वीकार्य हुने क्षमता सबभन्दा बढी छ !राम्रो संग ब्यबस्थित दाम्पत्य नारी पुरुष सम्बन्धको प्रतिनिधि सम्बन्ध हो ! यो श्रेणीमा दोस्रो सम्बन्ध खोज्दा त्यसपछि प्रेमी प्रेमिकाको सम्बन्ध लाइ लिनु पर्ने हुन्छ ! कारण बिस्तारीत शब्दकोशमा अनौपचारिक मान्यता आजको हाम्रै समाजले पनि यसलाई दिई सकेको छ ! केवल औपचारिक सामाजिक मान्यताको कुरामा यो अझै धेरै पछाडी छ र यसको स्वीकार्य क्षमता पनि तुलनात्मक रूपमा कम छ !दोस्रो किसिमका सम्बन्ध हरुमा हामी ,दाजु बहिनि ,दिदीभाई , फुपू भदा ,देवर भाउजु बाबु छोरी र आमा छोराको सम्बन्धलाई राख्नु पर्ने हुन्छ जसको आधार प्रत्यक्ष रूपमा जन्म वा अप्रत्यक्ष रूपमा जन्मदाका सम्बन्धहरुमा अन्तरनिहीत हुन्छ ! नारीमा शारिरीक भन्दा भावनात्मक पक्ष बढी संबेदनशील हुने हुदा सम्बन्धका भौतिक भन्दा भावनात्मक अधारहरुमा उनीहरु बढी बिस्वास गर्छन !त्यसैले बाबु छोरीको सम्बन्ध भावनात्मक र जैविक आधार बोकेका सम्बन्ध हरुको सुचिको सबभन्दा माथ्लो ठाउँमा पर्छ !फ्रायडबादी हरु अलग अलग जातको स्वभावको द्वन्दको कारणले छोरीहरु छोरा भन्दा बाबुलाई बढी माया गर्छन पनि भन्छन !उनीहरुले मायाको निस्वार्थ पक्षको कुरा गर्न खोजेका हुन भने म यसलाई अलिकती संसोधन सहित बढी भावनात्मक लगाव महसूस गर्छन भन्न अनुमती चाहन्छु,कारण कुनै पनि सम्बन्ध पूर्ण निस्वार्थ हुन्छ भन्ने कुरामा मेरो बिस्वास छैन !अलग स्वभावको द्वन्द यसको कारक तत्व भएको बारेमा भने म फ्रायडबादी हरुसंग सहमत छु ! यसैलाई आधारलाई मुख्य सूचक मानेर अध्ययन गर्दा आमा छोराको सम्बन्ध सृष्टिकै सबभन्दा अनुपम सम्बन्ध हो ,जसमा भावनात्मक स्वार्थका सिक्काहरु सुनको मोलमा र भौतिक स्वार्थका सिक्काहरु कौडीको मोलमा बिक्री हुन्छन !तर सम्बन्धको ब्यबस्थापन सम्बन्धको उपस्थिति भन्दा कम महत्वपूर्ण छैन !ब्यबस्थापान ले सम्बन्धको गरिमा बढाउँछ !सम्बन्ध सडक हो ,ब्यबस्थापन त्यसमा गुड्ने गाडी !दुवैको सम्मिश्रण बाट मात्र त्यसको सुन्दरता खुलेर आउँछ अनि त्यसको अपरिहार्यता पनि त्यत्तिकै प्रमाणित हुन्छ !ब्यबस्थापन ठिक नभएको दाम्पत्य सम्बन्ध छिमेकीको कोठामा बसेर रुन्छ ! ब्यबस्थापनले सजाउन नसकेको आमा छोराको सम्बन्ध गाउँको चौबाटोमा बसेर रुन्छ !राम्रो संग ब्यबस्थापित दाम्पत्य आफ्नै आँगनमा हाँस्छ,अनि राम्रो संग ब्यबस्थापित आमा छोराको सम्बन्ध समाजको चौतारीमा नाच्छ ! सबै सम्बन्धका आफ्नै किसिमका रोमान्स छन र तिनको प्रयोगले तरकारीमा नून अथवा अचारमा अमिलोको जस्तै महत्व बोकेको हुन्छ !नारी पुरुषको सम्बन्धको कुरा गर्दा आमा छोराको सम्बन्ध वा बाबु छोरीको सम्बन्ध भन्दा अघि दाम्पत्य सम्बन्धको चर्चा हुनुलाइ सृष्टीको स्वार्थि स्वभावको परिचय दिने सब भन्दा ठुलो उदाहरणको रुपमा लिन सिन्छ तर सृष्टिले निर्धारण गरेको बाटो यहि हो !पानी ओरालो तिरै बग्नु पर्छ !उकालो तिर बग्यो भने उल्का हुन्छ !