पाठेघर खस्ने समस्या नेपाली महिलाहरुको लागि एक किसिमको अभिशाप जस्तै हो !पाठेघर महिलाहरुको त्यो अंगको नाम हो जसमा बच्चा गर्भमा आएदेखी जन्मको बिचको समयमा बस्छ र हुर्किन्छ !पाठेघरलाइ मांसपेशी का बिभिन्न डोरी जस्ता तन्तुहरुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन !कुनै पनि संक्रमणले ,बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले ,बच्चाको जन्मको समयमा मांसपेशी माथि परेको जोरको प्रभाव कम हुन नपाउदै घरेलु वा बल पर्ने काम गर्दा ति तन्तुहरु कम्जोर भएको कारणले अथवा अत्यधिक गर्भ धारण र पसुतिले पाठेघरलाई आफ्नो ठाउँमा अड्याई राख्ने तिनको क्षमतामा प्रतिकूल प्रभाव पर्छ जसले गर्दा खुकुलो भएको पाठेघर आफ्नो ठाउँबाट तल झर्छ र कहिले कहीं त योनी मार्ग बाट बाहिर निस्किने वा स्थाई रूपमा बाहिर निस्किई राख्ने हुन सक्छ !पाठेघरको यस्तो अस्थिरताको कारणले पाठेघर्ले आफ्नो ठाउँ छोड्दा यसको ठ्याक्कै अगाडी बसेको पिसाबको थैली र मूत्रनली मा पनि दवाब पर्न सक्छ र मुत्र प्रणालीमा संक्रमणको बिकाश हुन सक्छ र छिट छिटो पिसाब लाग्ने अथवा पिसाब पोल्ने हुन सक्छ !संक्रमण को कारणले पनि पाठेघर खस्न सक्ने कुरा त पहिले नै उल्लेख भै सक्यो ,तर अर्को महत्वपूर्ण जानकारी यो पनि हो की आफ्नो ठाउं छाडेको पाठेघर संक्रमणको लागि अत्यन्त उर्बर अंग हुन्छ र त्यस्तो संक्रमण पाठेघर बाट तल्लो पेटका बिभिन्न अंग खास गरी योनी मार्ग वा योनी मुख तिर सर्छन अथवा त्यसको ठिक उल्टो मूत्रनली ,योनीमार्ग वा मल द्वारका संक्रमणहरु सजिलैसंग पाठेघर सम्म पुग्दछन !कुपोषण पनि पाठेघरले आफ्नो ठाउँ छोडनुको महत्वपूर्ण कारण हो !कारण कुपोषणले पाठेघरलाई आफ्नो ठाउँमा अड्याउने तन्तुहरुको क्षमता घटाएर तिनीहरुलाई कम्जोर बनाउँछ !पाठेघरको यस्तो अवस्थाले महिलाहरुको शारिरीक र मानसिक दुवै स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ !तल्लो पेट दुख्ने, महिनाबारी मा गडबडीका लक्षण हरु देखिने ,योनीमार्ग वा योनिमुख चिलाउने ,पिसाब छिन छिनमा लाग्ने अथवा पिसाब पोल्ने ,योनी मार्ग बाट सेतो बाक्लो अथवा अन्य रंगको पातलो दुध जस्तो पदार्थ निस्किने ,ढाड दुख्ने र यौन सम्पर्कको समयमा योनी मार्ग पोल्ने ,द्खने या अप्ठ्यारो महसूस भएर बिस्तारै यौन चाहना नै कम भए जस्ता लक्षण हरुमध्ये कुनै वा सबै एकैपटक देखिन सक्छ ! महिनाबारीको बेलामा तल्लो पेट दुख्ने लक्षण बढी हर्मोनका गडबडीको कारणले हुन्छ भने महिनाबारीको समय बाहेक अरुबेला तल्लो पेट दुख्ने कारण यस्ता संक्रमणहरु हुन ! यस्तो संक्रमणको कारण बाट योनी मार्गबाट प्रवेश गर्ने सुक्रकिट हरु योनी मार्गमै नष्ट भएर महिलाको बच्चा पाउने प्रजनन शक्ति कम्जोर भएको पनि पाइएकोछ !अर्कोतिर यौन समागम वा सम्भोग को समयमा योनी पोल्ने ,दुख्ने ,वा अप्ठ्यारो हुने कारणले महिलामा यौन सम्पर्क अघि पैदा हुने एक किसिमको मानसिक त्रासले प्राकृतिक यौन इच्छा घट्न पनि सक्छ !यसले कहिले कहीं आफ्नो कष्ट को पर्वाह नगरी दाम्पत्य जीवनको रक्षार्थ पतिसँग सम्भोगका लागि प्रस्तुत हुनु पर्ने र त्यसो नगरी सम्भोग प्रती अरुचि देखाए दाम्पत्य सम्बन्धको रोमान्स लाइ कायम राख्ने महत्वपूर्ण आधार हरुमध्ये एक सम्भोग सुख बाट आफु मात्र हैन पतिले पनि बन्चित हुनु पर्दा दाम्पत्य सम्बन्ध माथिनै खतराको बादल उत्पन्न भएको पनि देखिएको छ !पोषण र शिक्षा को अभाव भएका र नारीको प्रजनन स्वास्थ्य प्रति कम संबेदनसिल ग्रामिण क्षेत्रमा यो समस्या बढी देखिएको पाइन्छ !खासगरी सुदुर पश्चिमका ग्रामिण भेगका असंख्य महिला हरु यो समस्याबाट ग्रस्त भएको एक सर्वेक्षणमा पाइएको छ !नारी सुलभ लज्जाले धेरै नारीलाई अस्पतालको वा स्वास्थ्य संस्थाको संघार सम्म पुगेर पनि आफ्ना समस्या खुलेर भन्न दिदैन !तर अर्को तिर त्यस्तो लाजले रोग प्रकोपको यथार्थ तथ्यांक लिन र त्यसको जटिलताको आधारमा रोग निदान र उपचार तथा प्रतिरोधका रणनिती तयार गर्ने कार्यमा पनि बाधा पुर्याउँछ ! घरमा श्रीमान को उपस्थितिलाई मन पराउने ,श्रीमानका अन्य सबै आबस्यकता पुरा गर्दा प्रसन्नता महसूस गर्ने महिलाहरू सम्भोगको समयमा भने उत्साहित नहुने यो समस्याले धेरै दाम्पत्य सम्बन्ध लाइ असामयिक अस्वस्थता अथवा अवसानकै मुख सम्म पुर्याएका थुप्रै उदाहरण हरु छन !