पुर्बेली र पश्चिमी यौन …………………………………….२

पुर्बेली संस्कृति, खासगरी बृहत्तर हिन्दु सस्कृतिमा आयुर्वेद मानसिक र शारिरीक स्वास्थ्य संग जोडिएको बिज्ञान हो !आयुर्वेदमा” वाजिकरण “यौटा अलग्गै बिशेशग्य विधाको रूपमा स्थापित छ जसले मान्छेको यौन सम्बन्धि पक्षको अध्ययन गर्छ !वात्स्यायन जस्ता तत्वबेत्ता महार्शिले यौन र सम्भोगका बिभिन्न रोचक पक्ष को अध्ययन गरेर” कामसूत्र” नामक छुट्टै ग्रन्थको प्रकाशन गरेका छन !जसको सबै भन्दा रोचक र महत्वपूर्ण पक्ष नारी पुरुषको यौन सम्बन्धमा रोमान्स थप्ने सम्भोगका  बिबिध रसलाई उपभोग गर्न सम्भोगको यान्त्रिक पक्षमा प्रयोग गर्न सकिने बिभिन्न आशन हरुको बिस्तारित बर्णन हो !मानव सभ्यताको भौतिक पक्षलाई केन्द्रविन्दु बनाएर त्यस भन्दा अघि शायद कसैले पनि यति सुक्ष्म अध्ययन सहितको यस्तो ग्रन्थ रचना गरेका थिएनन ! मानव शरीर को नस्वरताको कारणले बढी  आध्यात्मिक दर्शनकै बिभिन्न पक्ष लाइ महत्व दिएका ग्रन्थहरु प्रकासित हुने त्यो काल खण्डमा शारिरीक स्वास्थ्यको रक्षा र निरन्तरताले  पनि मानसिक स्वास्थ्य रक्षामा सकारात्मक योगदान को माध्यमबाट आध्यात्मिक  परमानन्दको खोजीमा लागेको मान्छेलाई सहयोग गर्छ भन्न पनि ठुलै आँट को जरुरत पर्ने कुरामा कुनै शंका छैन ! त्यो ग्रन्थ  आजको समयमा पनि त्यत्तिकै सान्दर्भिक छ  जति त्यसबेला थियो ! पश्चिमी मुलुकका बुकस्टल हरुमा खोलमा त्यसै किताबको नाम दिएर भित्र सतही कुराहरु हाली बेची खाने भाँडो बनाएको पनि मैले भेटेको छु ! त्यसपछि कुनै सभ्यताको उत्कर्ष समयमा पनि कसैले यति ठुलो आँट गरेको दृष्टान्त छैन !संस्कृतका काव्यहरुमा जति श्रींगार रसमा नारी पुरुषका प्रेम यौन र सम्भोगका यथार्थ हरुको वर्णन अत्यन्त गहनता साथ गरिएको छ त्यति शायदै अन्यत्र कतै होला !नारी र पुरुष बीचको यौन सम्बन्धको समुचित अध्ययन र प्रकाशनमा आधुनिक चिकित्सा बिज्ञान अत्यन्त निरिह रूपमा प्रस्तुत भएको छ !यसले आफु गहनता साथ प्रवेश गर्न नसकेका विषयहरुलाई एकमुष्ट मानसिक  विचलन वा मानसिक जटिलता को प्याकेजमा हालेर आफु उम्किन मात्र जानेको छ !बीसौं शताब्दीको प्रथामार्धमा हर्मोन को बारेमा पत्ता लागिसकेपछि र दोस्रो अर्ध मा जिन को बारेमा पत्ता लागि सकेपछी पनि पश्चिमाहरुलाइ  यौन मनोविज्ञानको गहिराइमा डुबुल्की मार्न वा यौन को मानसिक र शारिरीक पक्ष बिचको अन्तरसम्बन्धको रहस्यमा पस्न हतार भएन !यौनको ब्यापार मात्र भायेग्रा र सेक्ष् टोय का दोकान हरुमा फस्टाई रह्यो !नारी सुन्दरता को प्रसंसा भन्दा नग्न नारीका पोस्टर मात्र पत्रिकाको मध्य पृष्ठ का शोभा बनी  रहे ! ठिक छ भाएग्रा र सेक्ष् टोय पनि यौन मानसिकता र सन्तुष्टि संगै प्रत्यक्ष ,परोक्ष रूपमा सम्बन्धित छन र तिनको आविस्कार पनि एउटा कोशे ढुंगा हो भन्ने तर्कसँग पनि असहमत हुन मिल्दैन !तर तिनका निर्देशक सिद्धान्त के हुन र तिनले अगाडी अब कुन कुराको अध्ययनको लागि मार्ग प्रसस्त गरे भन्ने कुराको जवाफ तिनको व्यापारिक आँकडा बाट मात्र स्पष्ट हुदैन !यहाँ यतिखेर फ्रायडको योगदान लाइ जानी जानी उपेक्षा गरेको आरोप लगाउन मिल्छ तर एउटा सानो सुत्र बाट परमाणु बम बनाइने यो काल खण्डमा फ्रायड द्वारा प्रतिपादित सिद्धान्त वा उनले दिएका हैपोथेसिस हरुको प्रयोग कुन नया अध्ययनमा प्रयोग भए त्यसको जवाफ पाउन गार्हो छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s