पूर्वमा यौनको उपयोगलाई ब्यबस्थित गर्ने यौटा प्रणाली को उल्लेख छ !ब्रम्ह्चर्य !धेरैले ब्रम्ह्चर्य को अर्थ यौन को प्रयोग वा उपयोग नगर्ने भन्ने अर्थ लगाउछन !तर कुरा त्यस्तो होइन !ब्रम्ह्चर्य भनेको यौन जीवनको संयमित र ब्यबस्थित प्रणाली हो !यौन अथवा रतिको प्रयोग निश्चित समय र सीमा भित्र शारिरीक ,मानसिक तथा प्रजनन स्वास्थ्य मा अनुकूल प्रभाव पर्ने जीवन चर्याको रूपमा गर्यो भने एकातिर त्यसले अराजकता लाइ पनि जन्मन बाट रोक्छ र मानव जीवनमा यौन ब्यबहारको अपरिहार्यता को पनि उचित सम्मान हुन्छ ,अर्कोतिर यसको मर्यादा पनि रहिरहन्छ भन्ने सद्बिचार बाट ब्रम्ह्चर्य को सिद्धान्त प्रतिपादित भएको हो !यसले मानव शरीर र मनका यौन र सम्भोग सम्बन्धि प्राथमिकता र प्रयोजन हरुको सम्मान पनि गरेको छ र यौन र सम्भोगमा मानवीय स्वभाव अनुरुप बिबिधता ल्याउन बिभिन्न प्रयोग गर्ने कुरालाई पनि रोकेको छैन ! अराजक यौन व्यबहारबाट मान्छेलाई टाढा राख्ने यसको प्रथम र प्रमुख अभिस्ट हो !तर पश्चिमी समाजमा यसको ठिक उल्टो यौन मान्छेको नैसर्गिक आबस्यक्ताको बिषय भएकोले यसलाई वा यसको उपयोग र प्रयोगका ब्यबहार्हरुलाई कुनै पनि रूपमा नियन्त्रित गर्ने वा यसको लागि छुट्टै आचार संहिता बनाउने गल्ती गर्नु हुदैन भन्ने सोचाइले महत्व पाउदै गरेको देखिन्छ ! अति नियन्त्रण बाट हिस्टेरिया जस्ता मानवीय सम्बेग्का विचलनका स्थिति हरु पैदा हुन सक्छ भन्ने तर्क यो विचारका पक्षपाती हरुले दिने गरेका छन !कुनै पनि यति ठुलो महत्वका बिषयहरुमा एक भन्दा बढी सोच ,बिचार वा दर्शन हरु प्रतिपादित हुनु र तिनको उचित र तुलनात्मक अध्ययन पछि मानिसले आफ्नो बिबेकले ठिक ठानेको यौटै अथवा बिभिन्न बिचार र दर्शनका कुराहरुलाई आफ्नो जावन शैली बनाउन पाउने स्वतन्त्रता रहनु सभ्यताको निर्माण र सम्बर्धनको लागि अपरिहार्य आवस्यकता हो !कारण बिचारको यौटै प्याकेज आफैंमा अपूर्ण वा त्रुटिपूर्ण हुन सक्ने सम्भावना बढी हुन्छ !तर बिभिन्न काल खण्डमा प्रतिपादित ,बिकशित र प्रयोगमा ल्याइएका बिचार ,दर्शन र जीवनशैली को बारेमा तुलनात्मक अध्ययन ,छलफल र सोधको लागि यौटा छुट्टै प्रतिस्ठान .संस्थान वा संगठित फोरम को बिकाश गर्ने र त्यसबाट मानिसको आउँदो पुस्ताको बिचारलाई मार्ग दर्शन गर्ने कुरा मानव सभ्यताको बिकाश र सम्बर्धनको लागि बढी प्रभावकारी हुन्छ भन्ने कुरामा शंका छैन ! यौन मानव जीवनको प्रत्येक पक्षलाई प्रभावित गर्ने र प्राथमिक चरित्रलाई निर्धारण गर्ने महत्वपूर्ण बिषय हो भन्ने कुरामा दुइ मत हुन सक्दैन !सहि बाटो धेरै बिचारको अध्ययन र मन्थन बाट निस्किने सहि बुँदा हरुको संग्रह भएको मध्यमार्ग हो !अतिबादी ,एकलकाटे र एकोहोरो सोचले मानव सभ्यताको अग्र गतिमा प्रतिकूल प्रभाव पार्छ !त्यसकारण जीवनलाई प्रभावित गर्ने साना भन्दा साना विषयहरुका औपचारिक एकेडेमी र संस्थान हरुको स्थापना गर्न स्रोत र साधन परिचालीत भैरहेको यो युग र समयमा यौन व्यवहारका प्राथमिकता ,मान्यता र बिकाशको इतिहासको बहुपक्षीय अध्ययन र सोधका लागि एउटा वा एक भन्दा बढी यस्ता औपचारिक अन्तर्राष्ट्रिय संस्थानको स्थापना हुनु जरूरी छ !एच आइ भी सक्रमण रोक्न र एड्स को प्रतिरोध गर्न कन्डोमको प्रयोग को प्रचार पहिलो प्राथमिकताको बिषय हो कि यौन ब्यबहारमा परिबर्तन ल्याएर एक पुरुष वा एक स्त्री संगको सम्पर्क लाइ महत्व माथि जोड दिनु पहिलो प्राथमिकता को बिषय हो भन्ने बारेमा आ आफ्नै हचुवा रणनीति भन्दा बिश्वब्यापी यौटै रणनीति बनउने जस्ता कुराहरुको पुर्ब र पश्चिम अनि उत्तर र दक्षिण सबै तीरबाट यौटै औपचारिक जवाफ आउने अवस्था नआए सम्म प्रविधिले पृथ्वीलाई सानो बनेको छ भन्ने जस्ता भनाइहरुले आफ्नो औचित्य पूर्ण रूपमा प्रमाणित गर्न गार्हो छ !