बिज्ञान र प्रविधिको द्रुत बिकाश र प्रविधिले बिश्वब्यापी सुचना प्रबाह र यातायातमा अभूतपूर्व परिबर्तन ल्याएको यो समयमा हस्तमैथुन को यौन र पारिवारिक जीवन माथिको प्रभाव ,बिबाह को संस्स्थागत संरचना बाहेक यौन सम्पर्क को औचित्य ,समलिंगी यौन सम्पर्क र यौन ब्यबहार हरु कुन हद या बिन्दुसम्म सहि छन र कुन रुप या हद भन्दा बाहिर यसको औचित्य माथि बिचार गर्नु पर्ने हो ?.यौन आचरणको औपचारिक सीमा कतिसम्म खुकुलो बनाउनु पर्ने हो ?आफ्नो शारिरीक र मानसिक लिंग निर्धारणको को अभिव्यक्तिको कथा ब्यथा कुन हाद सम्म जन्म जात हो र कुन हद देखि उता बिचलन हो त्यसको बारेमा पनि अब भूगोल ,धर्म र समाजि पिच्छे का बिचार र दर्शन हरुमा ठुला बिबाद हरुलाई कायमै राखेर बस्ने हो अथवा सभ्यताको विश्वव्यापीकरण हुदै गएको यो युगमा सबै दर्शनका सकारात्मक पक्ष लाइ विज्ञानको कसीमा जाँचेर बिश्वब्यापी परिभाषा हरु स्थापित गर्दै जाने हो ?मुख मैथुन ,गुदा मैथुन यौन व्यवहारका प्राकृतिक विविधिकरण हुन वा मानिसको उर्बर मस्तिष्कका उपज हुन ! पुरुषमा सिस्न मुण्डको छाला बच्चैमा काट्ने कतिपय धर्म र समाजका संस्कार बिज्ञान सम्मत छ भने त्यसको बिश्वब्यापी प्रयोगलाई प्रोत्साहित गर्ने खालको प्रचार अभियान किन नचलाउने ? सेक्ष् टोयहरुको बिबिधता र प्रयोगको औपचारिक सीमा तोक्ने अधिकारी कुन हो ?सार्बजनिक माध्यम हरुमा र स्थान हरुमा यौन व्यवहार हरुको प्रस्तुतिको सीमा कुन हो ?यौन स्वास्थ्य का मापदण्ड हरु समाजले र सभ्यताले निर्धारण गर्दै जाने वा विज्ञानले निर्धारण गर्ने अनि यौनको ब्यापारिक प्रयोग असिमित हदसम्म खुला छोड्ने कि सिमा तोक्ने ? के ले मानिसलाई अझ बढी मानिस बनाउछ र के ले मानिसलाई फेरी उस भित्रको सुशुप्त पाशविकता तर्फको फिर्ती यात्रा तर्फ डोर्याउँछ भन्ने कुराको निर्धारण गरेर औपचारिक मायाताको बिकाश गर्ने खालको बहस सुरु गर्ने फोरम वा प्रतिस्ठान गठन गर्ने वा बजारमुखी अर्थतन्त्र जस्तै वैयक्तिक प्रयोगका अनुभवको योगफल प्रत्येक व्यक्ति आफैलाई निकाल्ने जिम्मा दिने हो भन्ने प्रश्न हरुले तत्काल जवाफ मागी रहेको अवस्थामा पुर्ब र पश्चिमका अनुभवको तुलनात्मक अध्ययन हुनु राम्रो हुन सक्छ !त्यतिमात्र होइन प्रत्येक समाज वा यौन ब्यबहार्हरुका सकारात्मक पक्ष समेट्ने र नकारात्मक पक्ष केलाउने एउटा सर्ब स्वीकृत संस्थापनको खाँचो छ !यौन को प्रयोगका निर्देशक सिद्धान्त मानवको असिमित मानसिक तुष्टिको मृगमरीचिका लाइ समेट्ने अभिप्राय बाट उत्प्रेरित हुनु पर्छ या सृष्टिको न्युनतम कार्य सम्पादन को अभिष्ट पुरा गर्ने उद्देश्य बाट उत्प्रेरित हुनुपर्छ भन्ने उत्तर दुवै अतिवादको मध्यमार्गी समन्वय को रोमान्स भित्र लुकेको छ !यसलाई औल्याउने औलाको खाँचो छ !