पुरुष र नारी बिचको अर्को एउटा किसिमको सम्बन्धको पनि अस्तित्व छ !सम्बन्ध को त्यो श्रेणी मित्रताको हो !जसरी कुनै पुरुष पुरुष बीच वा नारी नारी बीच मित्रता हुन सक्छ ,त्यसै गरी पुरुष र नारी बीच पनि मित्रता हुन सक्छ !मित्रताको सम्बन्धमा अन्तर्निहित सबै स्वार्थ हरु त्यसमा पनि हुन्छन !तर यौन र प्रजननको स्वार्थ त्यसमा हुदैन !तै पनि सामान्य मित्रता जस्तो मात्र यो मित्रता हुदैन !अलग अलग जात मा जन्म भएकोले अलग अलग जन्मजात स्वभाव हरु बोकेर आएको हुनाले यस्तो मित्रतामा एक अर्काको परिपूरक भएर मित्रता निभाउने बिशेषता पनि हुन्छ !अर्को तर्फ दुइ स्वभाव बिचको अन्तरविरोध पनि यथोचित समयमा मुखरित हुन्छ !ई दुवै सम्भावनाको कारणले अर्को एउटा यथार्थको पनि यस किसिमको मित्रतामा स्थान हुन्छ !त्यो पनि सृष्टिको नियम नै हो !त्यो नियम मा एउटा रोमान्स को लागि स्थान छ !यथार्थमा नारी पुरुष बिचका सबै सम्बन्ध हरु अन्तरजातीय र अन्तरनिर्भरशिल दुवै भएको हुदा दुबैमा द्वन्द र समन्वय दुबैको लागि स्थान छ र त्यसैले प्रत्येक त्यस्ता सम्बन्ध हरुमा रोमान्स को लागि पनि स्थान छ !यो रोमान्स मा यौन को स्थान भने छैन !त्यसैले नारी पुरुष बिचको यस श्रेणीको सम्बन्ध निरपेक्ष हुन्छ ,स्वभावैले निर्दोष हुन्छ र सापेक्षिक रूपमा सबै नारी पुरुष सम्बन्ध हरुमध्ये कम स्वार्थी पनि हुन्छ !श्रीमतीको अर्घेलो को बिषयमा नारी साथीसंग गुनासो गर्न सकिन्छ ,श्रीमान्को अत्याचारको बिषयमा पुरुष साथि संग सल्लाह लिन सकिन्छ !गृहस्थीको बाटोमा उतार चढाव आउँदा त्यसको ब्यबस्थापनमा यस्तो मित्रता सधैं उपयोगी हुन्छ !गृहस्थ जीवनमा प्रवेश गरी नसकेका हरुको लागि पनि यस्तो साथि जीवनको अन्जान बाटोमा एउटा राम्रो सल्लाहकार हुन सक्छ !परिपक्व स्त्री पुरुष बिचको मित्रता दुबैको लागि सहयोगी मात्र होइन मार्गदर्शक पनि हुन्छ !यसलाई कसरि दुबैको स्वार्थको अत्यधिक सुरक्षाको लागि प्रयोग गर्ने हो त्यो दुवै बिचको अन्तर सम्बन्धको गहिराइले मापन गर्ने कुरा हो !सम्माजले यस्तो सम्बन्धलाई जहिले पनि प्रश्नवाचक चिन्हका साथ हेर्ने हुनाले यस्तो सम्बन्धमा धेरै लामो समय टिक्ने बल र क्षमता कम हुन्छ !तर सम्बन्धमा निर्मलता छ भने समाज मात्र होइन सभ्यताको लागि पनि कहिले कहीं यस्तो सम्बन्ध गहना को रुपमा प्रस्तुत भएका थुप्रै इतिहास र उदाहरण छन !यो मित्रताको रोमान्स त्यहि परिक्षा उत्तीर्ण हुनुमा छ !