अर्थ को अर्थ ……………………दाम्पत्य को सामर्थ……………….१

दाम्पत्य जीवनको आबस्यकता र अपरिहार्यताको पक्षमा थुप्रै तर्क र बुँदाहरु छन !बिपक्षमा जिम्मेवारीलाई कम गर्ने वैयक्तिक स्वतन्त्रताका कुराहरू उठाउन सकिन्छ !तर दाम्पत्य जीवनको परिकल्पना गर्ने र यसलाई यथार्थमा परिणत गर्ने आदि मानव हरुले समाजको सर्बाधिक महत्वपूर्ण एकाइ को रूपमा दाम्पत्य लाइ किन संस्थागत गरे ?यस उद्देश्य पछाडिका उनीहरुका स्वार्थ के के थिए ?यसलाई सारांशमा बर्णन गर्ने हो भने यस्तो परिणाम आउन सक्छ -सृष्टिको निरन्तरताको लागि आफु जस्तै नया पुस्तालाई जन्म दिन !तर दाम्पत्य बिना पनि प्रकृति/सृष्टिले दिएको यो जिम्मेवारी मान्छेले पुरा गर्न सक्छ !त्यसलाई उसले दाम्पत्य कै बैसाखी टेक्नु जरूरी छैन !अर्को जवाफ आउन सक्छ – यौन मानिसको प्रमुख आवस्यकता हरुमध्ये एक भएकोले त्यसलाई पुरा गर्न !तर दाम्पत्य बिना यो आबस्यकता पनि पुरा हुन सक्छ !यसलाई दाम्पत्यको छाता ओढ्ने जरुरत छैन !त्यसो भए दाम्पत्यमा के त्यस्तो अन्तर्निहित स्वार्थ छ जसको पक्षमा मान्छे  यत्रा तर्कहरु दिन आतुर मात्र देखिदैनन ,अपनाउन पनि तत्पर छन !आर्थिक ब्यबस्थापनमा पुरुष र स्त्रीको दृस्टीकोण र तरिकामा आकाश जमीनको फरक छ !स्त्रीको सोचाई यो मामिलामा अत्यन्त परम्परावादी र सुरक्षणबादी हुन्छ भने पुरुषको दृस्टीकोण प्रगतिसिल हुन्छ !जस्तो सुकै संसोधित या परिमार्जित स्त्री र पुरुष आ आफ्ना यी स्वाभाविक प्राथमिकता भन्दा धेरै पर जान सक्दैनन !राम्रो संग ब्यबस्थित दाम्पत्यले आर्थिक ब्यबस्थापनको मध्यमार्गी बाटो अगाल्छ !न धेरै परम्पराबादी न अति प्रगतिसिल !त्यसैले यसमा जोखिम लिने र जोखिमबाट उन्मुक्ति पाउने दुवै अवस्थाको यथोचित अनुभव र प्रयोग स्वभावैले समाबेश हुन्छन !यस्तो सन्तुलन लाइ अपनाउने  बाटो मानिस संग यौटै छ !त्यो हो आर्थिक हितको समायोजनको बाटो !यस्तो समायोजन स्वाभावजन्य प्रतिस्पर्धाको कारणले मानिसले आफ्नो समस्वभाव या समलिंगीसंग गर्नै सक्दैन !उसले अत्यन्त आबस्यक अबस्थामा सम्झौता भने  गर्न सक्छ !

पुरुषत्वको नारीत्वको सान्निध्यमा  हुर्कने  लालसा र  नारित्वको  पुरुषत्वको  छहारीमा  फस्टाउने यथार्थ ले पनि बेला बेलामा थकान महसूस गरेको दम्पती हरुले अनुभव गर्न सक्छन तर सम्पतिको   समायोजन र ब्यबस्थापनमा बराबरीको हिस्सेदारी जसको जरुरत र जसको बाध्यता भए पनि त्यो बिना दाम्पत्यको लगन गाँठो कसिदैन !त्यसको इमान्दारीपूर्ण प्रयोग भएन भने यो लगनगाठो जुनसुकै बेला फुस्किएर निस्क्रिय हुन सक्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s