जुन बजारमा महिलाको उपस्थिति बढी हुन्छ त्यो बजार जम्छ !जुन सिनेमा महिलाहरुले हेर्छन त्यो चल्छ !जुन डाक्टरकहाँ महिला बिरामीहरु जान्छन त्यसको डाक्टरी चल्छ !पुरुषले जतिसुकै दाम्पत्यको रथको लगाम एक्लै आफ्नो हातमा भएको धंगधंगी बोके पनि दाम्पत्य को असली लगाम नारीको हातमा हुन्छ !पुर्बेली समाज होस् या पाश्चात्य समाज ,आधुनिक समाज होस या पुरातन समाज महिलाको भूमिका निर्णायक हुन्छ !बाहिरबाट त्यस्तो देखिदैन ! नारी स्वभावको यो बिशेषता हो कि पुरुषको भूमिकालाई उसले जहिले पनि महत्व दिएको देखाउछे र शासनको बागडोर पुरुषको हातमा भएको प्रतित गराउछे !यो उसले पुरुषको मर्यादा राख्न मात्र गरेको होइन ! उ आफैंलाई पनि आफु भन्दा बढी पुरुषको नेतृत्वमा बिश्वास भएर यसो गरेको हो !उसलाई पनि पुरुषलेनै हरेक कुराको निर्णय गरेको महसूस भएरनै उसले यस्तो गरेको हो !
पुरुष सतही हुन्छ उसको स्वभावमा गहिरिएर कुनै पनि कुरालाई हेर्ने धैर्य हुदैन ! नारीलाई जस्तोसुकै सतही कुरालाई पनि गहिरिएर नहेरी चित्त बुझ्दैन ! गृहस्थीको लगाम पकडिने पुरुषको हातलाई नारीले बल नदिए त्यो हात कम्जोर हुन्छ ! ब़ल दिने हातलाई पुरुषले नाथामे त्यसमा बल दिने क्षमता बिकाश हुदैन ! जसरी फाइल अरु कसैले तैयार गर्छ तर प्रमाणीकरणको अन्तिम हताक्षर अरु कसैले गर्छ त्यसरीनै पुरुषको ब़लको सार तत्व नारीको साथ हो !
तर पनि त्यो टिमको कप्तान पुरुष हो !बेलायती सासन प्रणालीका बेत्ताहरु बेलायती प्रधानमन्त्रीलाई यौटा बिशेष सम्बोधन गर्दछन !हि इज फस्ट एमंग द इक्वल्स!अर्थात बराबरी मध्येको पहिलो हो !पुरुषको भूमिका पनि सन्तुलित गृहस्थीमा त्यस्तै हुनुपर्छ !बराबरीमा मध्ये प्रथमको !पुरुष गृहस्थ्को प्रवक्ता हो !तर उसले गरेका निर्णयहरुमा नारीको सम्मति हुनुपर्छ !गृहस्थ त्यसरी चल्यो भने त्यो पूर्ण पनि हुन्छ ,गल्ती र असफलताको लागि त्यहाँ ठाउँ पनि रहदैन !त्यसैगरी नारी गृहस्थकी अधार हो !उसैको भरोसामा गृहस्थीको जग बलियो भएको हुन्छ !तर अन्तिम बचन पुरुषले नै बोल्नु पर्छ !त्यसरीनै त्यस बचनको ओज बढ्छ ! त्यसको बिस्वसनियता पनि दरिलो हुन्छ !यस्तो परिपुरक सम्बन्ध नारी पुरुष सम्बन्धको प्राण तत्व हो !नारीत्वको सहरामै पुरुषत्व फस्टाउछ अनि पुरुषत्वको छाहरीमै नारीत्व मौलाउँछ !