अर्कोतीर दाम्पत्यको चीरस्थायी सम्बन्धमा धेरै बढी उमेरको पुरुष भन्दा निकै कम उमेरकी नारी संगको दाम्पत्य पनि जोखिमपूर्ण हुन्छ ! त्यसको प्रमुख कारण उमेरको फरकले हुने उनीहरुको स्वाभाविक प्राथमिकतामा हुने फरक हो !नारीको रुप लावण्य र बैश प्रति पुरुषको लोभ जीवनको उत्तरार्धको अत्यन्त परिपक्व उमेरसम्म रही रहन्छ ! त्यसमाथि श्रीमतीको असामयिक निधन जस्तो अवस्थाले कहिले कहीं निर्भरशील पुरुषलाई पुनर्बिबाह्को संघारतिर धकेल्छ !त्यसबेला बुद्धिमानी यस्तो बिबाहको बिकल्प खोज्नुमा हुन्छ !यदि यस्तो बिबाह अपरिहार्य भए आफ्नो उमेरसँग मिल्दो उमेरकी नारी संगको बिबाह दोस्रो प्राथमिकताको निर्णय हुन्छ !पुरुष र स्त्रीको उमेरमा प्रेम बिबाह्कै नाममा पनि १० -१२ वर्ष भन्दा बढीको फरक जोखिमको भागी हुन्छ !मानसिक रूपमा अत्यन्त परिपक्व एक आध नारीले यस्तो स्थितिको ब्यबस्थापन गर्न सक्छन !तर धेरैको लागि यस्तो सम्बन्ध दुबैको लागि पछि गएर घाँडोनै साबित हुन्छ !१५-२० वर्ष भन्दा बढीको उमेरको फरकमा स्त्री/पुरुष को बिचमा परिपक्व आत्मीय प्रेम स्थापित हुनै सक्दैन !यदि कुनै किसिमको प्रेमको अनुभूति भए पनि त्यो नारीको यौवन प्रति पुरुषको स्वाभाविक आकर्षण, आफ्नो वा पारिवारीक अर्थ सामाजिक विवसतासंग नारीको आत्मसमर्पण बाट उत्पन्न निरीहता,अथवा पुरुषको आर्थिक सम्पन्नता प्रति नारीको आकर्षण मध्ये एक हुन सक्छ ! अधबैंसे अराजकता बाट ग्रस्त पुरुष /स्त्री बीच परिपक्व उमेरमा हुने क्रस ले बैबाहिक वा विवाहको घेरा भन्दा बाहिरै असामाजिक नाताको बिकाश गर्न सक्छ !तर सबै किसिमका यस्ता सम्बन्धहरुको आयू लामो हुदैन !ढिलो चांडो यस्ता सम्बन्धहरु दुर्घटनाका सिकार हुन्छन !यस्ता दुर्घटनाहरुले कर्तब्य बोध भएको पुरुष र मर्यादा बोध भएकी नारीलाई कहिल्यै नबिर्सने मानसिक घाउ पुर्याउन सक्छ !तर धेरै जसो अवस्थामा पुरुषको यौवन प्रती र नारीको अर्थ प्रतीको कम्जोरिनै यस्तो अवस्थाको लागि जिम्मेवार हुन्छ !दुबैको यो कमजोरी जुन दिन मरुभूमीमा पानीको खोजमा भटकेको मानिसको जस्तो भएको दुबैलाई महसूस हुन्छ ,यस्तो सम्बन्ध त्यहीं दुर्घटना ग्रस्त भएर मृत्यु शैयामा पुग्छ !